ओमोडा/जेको विद्युतीय कार किन्दा ५ लाखभन्दा बढी छुट पाइने, अरु यस्ता छन् अफर !


काठमाडौं। अब ओमोडा/जेको विद्युतीय कार किन्दा ग्राहकले ५ लाख १५ हजार रुपैयाँ सम्म छुट पाउने भएका छन्।

कम्पनीले बिहीबार एक वर्ष पुरा गरेको अवसरमा काठमाडौंमा एक कार्यक्रम गरी उक्त घोषणा गरेको हो।

सो घोषणा अनुसार ओमोडा/जेको विद्युतीय कार किन्ने ग्राहकले नगद ३ लाख रुपैयाँ अनिवार्य छुट पाउने र एसेसोरिजमा २ लाख १५ हजार रुपैयाँ बराबरको छुट पाउनेछन्।

योसँगै ओमोडा /जेको खरिद गर्ने ग्राहकले १ वर्षको इन्स्योरेन्स, ८ वर्षको वारेन्टी अथवा १ लाख ६० हजार किलोमिटरको ब्याट्री वा मोटरमा वारेन्टी पाउने कम्पनीले जनाएको छ।

त्यस्तै एक वर्षको रोड ट्याक्स निःशुल्क पाउनेछन् । यसका साथै ग्राहकले हरेक ओमोडा/जेको खरिदमा ७ किलोवाट क्षमताको वाल चार्जर निशुल्क पाउनेछन् ।

आजदेखि लागु भएको यो अफर मार्च महिनाभर लागु हुने कम्पनीले जनाएको छ ।

त्यस्तै कम्पनीले छिट्टै दुई नयाँ मोडल नेपाल ल्याउने घोषणा गरेको छ । कम्पनीले एक वर्ष पूरा गरेको अवसरमा एक प्रस्तुती राख्दै कम्पनीका सेल्स तथा मार्केटिङ जनरल म्यानेजर ज्ञानेन्द्र चन्दले एसपीजी अटोमोबाइलले अबको २/३ महिनामै नयाँ दुई एयुभी ल्याउने योजना सुनाए।