काठमाडौं । मोबाइल फोनको इम्पोर्टस एशोसिएसनका अध्याक्ष दिपक कुमार मलहोत्राले एमडिएमएस सिस्टम सञ्चालन भएपछि ४ अर्व बराबरको भन्सार मूल्य थप हुने बताए ।
आइतबार काठमाडौंमा आयोजित एमडीएस प्रणाली कार्यान्वयन सम्बधि मोबाइल फोन इम्पोर्टस एशोसिएसन र नेपाल मोबाइल वितरक संघले गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
नेपाल सरकारले वार्षिक तीनदेखि चार अर्ब बराबर राजस्व गुमाउदै आएको थियो तर नेपाल दुरसञ्चार प्रधिकरणले जेठ १ गतेबाट एमडीएस स्टिम लागु गरेपछि चार अर्व बराबरको राजस्व थप भएको बताए ।
गैरकानूनी रुपमा आयत गरेको फोनहरु केही चोरीका केही रिफविंस पर्ने तर उपभोक्ताले वैधानिक र अवैधानिक छुटाउन नसक्दा त्यस्ता फोनहरुको पनि वैधानिक सरह मूल्य तिर्दै आएको छ भने विक्रि पछि पाटपूजा नपाउने जस्ता कुराले उपभोक्ता ठगिदै आएका थिए तर एमडिएस प्रणली आइपछि सो समस्या नहुने स्पष्ट पारे ।
एमडिएमएस लागू भएपछि फोनको मूल्य वृद्धि हुन्छ कि भन्ने जिज्ञासा रहेकोमा हामी उपभोक्तालाई ढुक्क बनाउन चाहन्छौं कि मोबाइल फोन उत्पादक कम्पनीले सन्सारभरि फोनको मूल्य र व्यापारीको मार्जिन आफै निधारण गर्नेहुँदा यो सिस्टम लागू भएपछि मोबाइल फोनको मूल्य नबढ्ने उनले बताए ।
एमडिएमएस प्रणाली लागू भएपछि नेपाल दुरसञ्चार प्राधिकरणमा दर्ता नभएका फोनहरु नचल्ने भएका अनाधिकृत रुपमा भित्रिने फोनहरुमा नेपाली सिम नचल्ने भएको छ ।
साथै, सरकारले विदेशबाट नेपाल आउनेहरुका लागि दुईवटा फोन निशुल्क एमडिएमएसमा दर्ता गर्न सक्ने व्यवस्था मिलाएको अध्याक्षले बताएका छन् । एमडिएमएस लागू भएपछि नेपाली व्यावसायीहरुको बिक्री अझै बढर्दै गएको बताए ।