हेफर इन्टरनेशनल नेपालको राष्ट्रिय निर्देशकमा डा. तीर्थराज रेग्मी 


ईकोनोमिक खबर, काठमाण्डौं। हेफर इन्टरनेशनल नेपालको राष्ट्रिय निर्देशकमा पर्वतका डा. तीर्थराज रेग्मी नियुक्त भएका छन् । २०८० जेठ १८ गतेदेखि हेफर इन्टरनेशनलले डा. रेग्मीलाई राष्ट्रिय निर्देशकमा नियुक्त गरेको हो ।

सरकारी जागिर छाडेर २० वर्षअघि हेफर इन्टरनेशनल नेपालको क्षेत्रिय कार्यक्रम संयोजकमा काम गरेका रेग्मी ५ महिना अन्तरिम राष्ट्रिय निर्देशक हुदै प्रमुख भएका हुन् । डा. रेग्मीसंग ग्रामिण तहमा किसानसंग काम गरेको लामो अनुभव रहेको छ । डा. रेग्मी २० वर्षअघि नै सरकारी जागिरे छदा उत्कृष्ट कर्मचारीको सिफारिसमा परेका थिए । 

६५ वर्षदेखि नेपालको भोकमरी, गरिवि निवारण र  पशुपालन क्षेत्रमा काम गरिरहेको अन्तराष्ट्रिय मानवीय संस्था हेफर इन्टरनेशनल नेपालको ठूलो योगदान रहेको छ । नेपाली महिलाहरुको आयस्तर र शशक्तिकरणमा बाख्राको हस्तान्तरणका साथै ग्रामिण जनजिवनमा सुधार ल्याउन गरेका प्रयासहरुले गर्दा नै हेफर सँस्थामा विश्वास रहेको डा. रेग्मी बताउनु हुन्छ ।
नेपालको गरिवि निवारण र कृषि क्षेत्रमा आत्मनिर्भर हुँदै नेपाल सरकारले लिएका लक्ष्य भेटाउन लागि सहयोगी निकाय हुने डा. रेग्मीले बताए। 
नेपाल दुध र मासुमा आत्मनिर्भर भएको र अबका दिनमा साना तथा सिमान्तकृत किसानको क्षमता विकासमा साना किसानमुखी नीतिमा पैरवी गरिने बताए। 
हेफर इन्टरनेशनल नेपालले अहिले पशुपालनका अतिरिक्त कृषिका अन्य क्षेत्रहरु अदुवा, बेसार जस्ता मसलाजन्य बाली र नगदे वालीको उत्पादन र प्रशोधनमा काम गरिरहेको छ । 
नेपालको गरिवि निवारणका लागि साना किसान लक्षित कार्यक्रमलाई अझै प्रभावकारी बनाइने लक्ष्य हेफरको रहेको र अबका दिनमा पनि कृषिमा निरन्तर साथ सहयोग रहने विश्वास दिलाउनु भयो। 
विश्वयुद्धमा परेका वालवालिकालाई दुध उपलब्धका लागी शुरु भएको अभियान आज विशाल भई नेपाल लगायत १२५ देशका करिब पौन चार करोड परिवारमा संग हेफर इन्टरनेशनल संस्था जोडिएको छ । 

Dr Tirtha 221686443622.jpg