
ईकोनोमिक खबर, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप ११ नयाँ ब्रोकर कम्पनीलाई लाईसेन्स प्रदान गर्ने निर्णय गरेको छ ।
सेबोन सञ्चालक समितिको आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।
यसअघि ७ नयाँ ब्रोकर कम्पनीले लाइसेन्स पाएका थिए । यसअघि ५० ब्रोकर कम्पनी सञ्चालनमा छन् ।