युरो, पाउन्डसहित केही मुद्रा सस्तिएका र डलरको भाउ यथावत


काठमाडौं । आज सोमबार अमेकिरी डलरको भाउ यथावत रहेको छ । अमेरिकी डलर र बराइनकोे भाउ स्थिर रहँदा आज अस्ट्रेलियन डलर, कुबेती दिनारसहित केही विदेशी मुद्राको भाउ भने बढेको छ। युरो, पाउन्डसहित केही मुद्रा सस्तिएका छन्।

आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

आज युरोपियन युरो १ को खरिददर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७८ पैसा छ। हिजो युरोपियन युरो १ को खरिददर १५१ रुपैयाँ ३८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०३ पैसा थियो।

पाउन्ड स्टर्लिङ १ को खरिददर १७९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८० रुपैयाँ ४२ पैसा छ। हिजो पाउन्ड स्टर्लिङ १ को खरिददर १७९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८० रुपैयाँ ५३ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८८ रुपैयाँ २१ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८८ रुपैयाँ थियो।

कुवेती दिनार १ को खरिददर ४५० रुपैयाँ ८७ पैसा र बिक्रीदर ४५२ रुपैयाँ ८२ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४५० रुपैयाँ ८६ पैसा र बिक्रीदर ४५२ रुपैयाँ ८० पैसा थियो।

आज बहराइन दिनार १ को खरिददर ३६८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७० रुपैयाँ ०७ पैसा छ। हिजो पनि बहराइन दिनारको कारोबार दर यही थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।