
काठमाडौं। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको एफपीओ बाँडफाँड भएको छ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज शुक्रबार एफपीओ बाँडफाँड गरेको हो।
क्यापिटलका अनुसार एफपीओमा कुल १७ लाख ८० हजार ४ सय ५७ जनाको आवेदन परेको थियो।
जसमध्ये १७ लाख ७७ हजार ७ सय ९३ जनाको आवेदन मात्र शेयर पाउन योग्य भएको छ।
क्यापिटलले फागुन १८ गतेदेखि फागुन २१ गतेसम्म एफपीओ निष्काशन गरेको थियो।
कम्पनीले १ करोड ९५ लाख ७७ हजार ३ सय रुपैयाँ बराबरको १ लाख ९५ हजार ७ सय ७३ कित्ता एफपीओ निष्काशन गरेको थियो।