
काठमाडौं । राजधानी काठमाडौंमा भएको ‘ रेडबुल १५ औ मार्पाक प्रिमियर लिग (एमपिएल)’ को उपाधि चौतारा युवा क्लबले जितेको छ।
कुल १५ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको फाईनल खेलमा चौतारा युवा क्लबले उपाधि जितेसँगै नगद बाइस हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ।
टिम थला उप-विजेता बन्दै नगद एघार हजार १ सय ११ रुपैयाँसहित मेडल र प्रमाणपत्र हात पर्न सफल भएको छ।
डुप्चे युवा क्लब प्रतियोगिताको अनुशासित टिम बन्दै नगद ५ हजार ५ सय ५५ रुपैयाँ जित्न सफल भएको छ।
त्यस्तै, प्रतियोगितामा सेमिफाईनलिष्ट २ टिमहरु टिम भेट्रान्स र चरङ्गे युथ क्लबले समान ३ हजार ३ सय ३३ रुपैयाँ हात पार्न सफल भएका छन् ।
यसैगरी, प्रतियोगिताकै उत्कृष्ट गोलकिपर चौतारा युवा क्लब टिमका सोमान तामाङ चुनिदै नगद २ हजार २ सय २२ रुपैयाँसहित मेडल र प्रमाणपत्र गरेका छन्। प्रतियोगिताको उत्कृष्ट फरवार्ड चौतारा युवा क्लबकै विमल तामाङ चुनिदै समान २ हजार २ सय २२ रुपैयाँसहित मेडल र प्रमाणपत्र गरेका छन् ।
त्यसैगरी, उदयमान खेलाडी कर्णेल रणमेहर काजी युनाईटेडका समिर अधिकारी चुनिदै २ हजार २ सय २२ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
अ.ने.शिक्षक संगठनका केन्द्रीय अध्यक्ष ने.क.पा. माओवादी केन्द्रका केन्द्रीय सदस्य शंकर अधिकारीलगायतले प्रतियोगिताको उद्घघाटन गरेका थिए।
प्रतियोगितामा ठाकुर गुरुङ, उत्तम अधिकारी, गोपाल गुरुङ, डम्बर अधिकारी, सुब्बा ब. सुनारलगायत अतिथीहरुको उपस्थिति रहेको थियो।
रेडबुल टाईटल प्रायोजक भएको प्रतियोगितामा नेपाली मन उद्योग मनमैजु प्रायोजकमा रहेको थियो । साथै जय मातादेवी ज्वेलर्स नेपालटार, क्याम्ब्रिज / छाङ्मी कोरियन भाषा केन्द्र बालाजु र चौतारा ज्वेलर्स बाइपासले सहप्रायोजकमा रहेका थिए ।
प्रतियोगिता सम्पन्न गर्न सितामाय चोदेन, उत्तम अधिकारी, गोपाल गुरुङ र शंकर अधिकारीबाट समेत आर्थिक सहयोग प्राप्त भएको थियो । उक्त प्रतियोगिताको टिभी पार्टनरमा दिब्यदर्शन टेलिभिजन, रेडियो पार्टनरमा निलकण्ठ एफ.एम. र अनलाइन मिडिया पार्टनरहरुमा जन अपडेट डटकम, भिजन न्युज नेपाल, धादिङ संचार र गुल्मी बुलेटी रहेका थिए ।