शहिद मेमोरियल अस्पतालद्धारा गणतन्त्र दिवसमा निःशुल्क स्वास्थ्य परिक्षण


ईकोनोमिक खबर, काठमाण्डौं। गणतन्त्र दिवसको अबसर पारेर कलंकीमा रहेको शहिद मेमोरियल अस्पतालले निःशुल्क स्वास्थ् शिविरको आयोजना गर्यो। 
निःशुल्क स्वास्थ्य शिबिरमा अस्पतालका डाक्टरहरूले जनरल तथा युरो सर्जरी, हाडजोर्नि, नशा रोग, पेट तथा कलेजो रोग, स्त्री तथा प्रसूति रोगको परिक्षण गरिएको थियो। यसस्वास्थ परिक्षण शिविरबाट धरै जनताले लाभ लिए।

यसै गरी निःशुल्क स्वास्थ्य शिबिरमा मधुमेह तथा थाईराईड रोग, नाक कान तथा घांटी रोग, बाल रोग, मुटु रोग, छाला तथा यौन रोग लगायत प्रयोगशाला परिक्षणमा विभिन्न परिक्षणहरु, भिडियो एक्सरेका साथै निशुल्करुपमा औषधि वितरणका सेवाहरू पनि प्रदान गरिएको थियो । 

 कलंकीमा रहेको १ सय शैयाको शहिद मेमोरियल अस्पतालले निःशुल्क स्वास्थ् शिविरबाट १२ सय जनालाई निःशुल्क रूपमा सेवा प्रदान गरिएको अस्पतालका सहायक प्रबन्ध निर्देशक डा. जितेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । आगामी दिनमा पनि यस अस्पातालले विभिन्न अवसरमा पनि यस्ता शिविर संचालन गरी जनतालाई स्वास्थ सेवा पुर्याउने सामाजिक उत्तरदायीत्वको रुपमा लिएको डा. श्रेष्ठले बताउनु भयो ।