काठमाडौंमा मार्पाक प्रिमियर लिगको १५ औँ संस्करण हुँदै


काठमाडौं । मार्पाक प्रिमियर लिग ( एमपिएल ) को १५ औँ संस्करण फागुन २९ गते, राजधानी काठमाडौंमा हुदैछ।

उक्त प्रतियोगिता मार्पाक सामुदायिक क्लब ( सिसिएम ) को आयोजनामा हुने छ, भने थला गाउँ सेवा समाज धादिङको सह-आयोजनामा हुने भएको छ।

उक्त फुटसल प्रतियोगिताको विजेता टिमले नगद बाइस हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र  प्राप्त गर्नेछ, भने उप-विजेता टिमले नगद एघार हजार १ सय ११ रुपैयाँसहित मेडल र प्रमाण – पत्र प्राप्त गर्नेछ।

साथै, प्रतियोगिताको सेमिफाईनलिष्ट दुईवटा टिमले बराबर नगद तिन हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछन्, भने उत्कृष्ट फरवार्ड र गोलकिपरले पनि नगद दुई हजार २ सय २२ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यस्तै, प्रतियोगिताको अनुशासित टिमलाई पनि नगद पाँच हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

काठमाडौंको कलंकीस्थित बिजि फुटसलमा हुने प्रतियोगितामा सरस पेय पदार्थको रेड बुलले मुख्य प्रायोजन गरेको छ, भने नेपाली मन उद्योग मनमैजुले प्रायोजन गरेको छ।

साथै, प्रतियोगितामा जय मातादेवी ज्वेलर्स नेपालटार, क्याम्ब्रिज / छाङ्मी कोरियन भाषा केन्द्र बालाजु र चौतारा ज्वेलर्स बाइपासले सहप्रायोजन गरेको छ।

त्यसैगरी, उक्त प्रतियोगिताको टिभी पार्टनरमा दिब्यदर्शन टेलिभिजन, रेडियो पार्टनरमा निलकण्ठ एफ.एम. र अनलाइन मिडिया पार्टनरहरुमा जनअपडेट डटकम, भिजन न्युज नेपाल, धादिङ संचार र गुल्मी बुलेटी रहेका छन्।