संघीय संसद अन्तर्गत आज बस्दैछ, संयुक्त सदनको बैठक….


ईकोनोमिक खबर, काठमाडौं। संघीय संसद अन्तर्गत आज संयुक्त सदनको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ।

आज नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल गर्न संघीय संसद अन्तर्गत दुवै सदनको संयुक्त बैठक आज बस्न लागेको हो।

बिहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल गर्ने र त्यसलाई पारित गर्ने सम्भावित कार्यसूची छ।