
रुपन्देही । रुपन्देहीमा छरिएर रहेका नर्सरी व्यवसायीहरुलाई संगठीत गर्ने उद्देश्यले नर्सरी व्यवसायी संघ नेपाल रुपन्देही गठन भएको छ।
जिल्लाका विभिन्न स्थानीय तहमा रहेका व्यवसायीहरुको रुपन्देहीको बुटवलमा भएको भेलाले गोपाल खरेल अध्यक्ष रहेको जिल्ला कार्य समिति गठन गरेको हो ।
यस्तै, संघको उपाध्यक्षमा कृष्णबहादुर गुरुङ, कोषाध्यक्षमा मिलन पन्थी, सचिवमा गोपालप्रसाद पाण्डे र सह – सचिवमा दिलिपकुमार चौधरी रहेका छन्, सदस्यहरुमा मधुकुमारी भट्टरराई, भुवनेश्वर न्यौपाने, उत्सव गैरे, गोकर्णराज पैनी, दीपक पन्त र दीपक भगत माली रहेका छन्
त्यस्तै, भेलाको उद्घघाटनमा बोल्दै नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष रामजीप्रसाद तिमिल्सेना, वरिष्ठ उपाध्यक्ष रविनकुमार गौतम, महा-सचिव विनोद घिमिरेलगायतले विभिन्न क्षेत्रका नर्सरी व्यवसायीहरुलाई एउटै छाताभित्र गोलबन्द गरी व्यवसायिक हक हित र व्यवसाय प्रवद्र्धनका लागि संगठित भएर अघि बढ्नु पर्नेमा जोड दिएका थिए।
नेपालमा करिब १० हजार नर्सरी व्यवसायी रहेका र वार्षिक १० अर्ब बढीको कारोबार हुने गरेको अनुमानित तथ्यांक छ । जसमध्ये फूल, बिउसहित १ अर्ब बढीको नर्सरीजन्य वस्तु आयात हुने गरेको छ ।
नर्सरी व्यवसायको प्रवद्र्धन र विकासले वातावरण र पर्यावरण संरक्षण तथा ठाउँको सौन्दर्यीकरणमा टेवा पुग्छ ।