अवैध रुपमा बस्दै आएका १० नेपालीलाई विमानस्थलमा छोडेर गयो अमेरिकी प्लेन


काठमाडौं। अवैध रूपमा बस्दै आएका १० जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी प्लेनले छाडेर गएको छ।

अमेरिका गएका १० जना नेपाली चार्टर विमानमार्फत काठमाडौँ आइपुगेका हुन्।

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि अवैध रुपमा अमेरिका प्रवेश गरेका आप्रवासीलाई अमेरिकी प्रशासनले देश निकाला गरिरहेको छ।

ट्रम्पको कार्यकारी आदेशपछि यसअघि नै २७ नेपाली अमेरिकाबाट निकालिएका छन् । ट्रमको दोस्रो कार्यकाल सुरु भएपछि ३७ जना नेपाली अमेरिकाबाट निकाला भएका छन्।

नेपाल फर्काइएका ती नेपालीहरू लामो समयदेखि अमेरिका बस्दै आएका थिए। अमेरिकी अध्यागमन कानुन उल्लङ्घन गरेको भन्दै त्यहाँका अधिकारीहरूले कानुनी प्रक्रियापछि उनीहरूलाई नेपाल डिपोर्ट गरेका हुन्।

यसअघि पनि अमेरिका तथा विभिन्न युरोपेली मुलुकहरूले अवैध रूपमा बसोबास गरिरहेका नेपालीलाई चार्टर जहाजमार्फत स्वदेश फर्काउने गरेका छन्। पछिल्लो समय गैरकानुनी रूपमा विदेश पुगेका नेपालीहरूको संख्या बढ्दै गएपछि सम्बन्धित मुलुकहरूले कडाइ गर्न थालेका छन्।