
गौशाला। महोत्तरीको गौशालास्थित कभर्डहलमा १८औं राष्ट्रिय बुदोकैदो फुल कनट्याक्ट कराते प्रतियोगिता सम्पन्न भएको छ।
नेपाल बुदोकैदो फुल कनट्याक्ट कराते संघको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ बागमती प्रदेशका सुजल महर्जन र महिलातर्फ बागमतीकै बबिता कार्की च्याम्पियन बनेका छन्। यी दुबै टोलीले नगद १५ हजारसहित ट्रफी र मेडल प्राप्त गरे।
उद्घाटन महोत्तरीको गौशाला नगरपालिकाका नगरप्रमुख डा. दीपेन्द्र महतोले गरेका थिए भने समापन मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका मन्त्री प्रमोद जयसवालले गरेका थिए।
सात प्रदेशका तीन सय खेलाडीहरू सहभागी रहेको प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ आठ समूहका खेल समावेश गरिएको छ।
३० केजी पुरुषतर्फ सुदूरपश्चिम प्रदेशका किरण भण्डारी प्रथम हुँदा सुदूरकै राम विकसँग दोस्रो भए।
बागमती अग्रिम सापकोटा र लुम्बिनीका अर्जुन थिङ तेस्रो भए।
३५ केजी पुरुषतर्फ मधेस प्रदेशका ब्रह्मदेव महतो प्रथम हुँदा बागमतीका शैलेन्द्र तामाङ दोस्रो तथा मधेसकै सनराज अधिकारी तथा कोशीका जियान अधिकारीसँग तेस्रो भए।
४० केजी पुरुषतर्फ सुदूरका खगेन्द्र विष्ट प्रथम हुँदा सुदूरकै दीपेश भट्ट दोस्रो भए। बागमतीका साजन वाइबा र दीपेश तामाङ तेस्रो भए।
४५ केजी पुरुषतर्फ सुदूरपश्चिम प्रदेशका बासुदेब खडायल प्रथम हुँदा कोशीका सुलभ लिम्बू भए। कर्णालीका दीपेन्द्र ऐरी तथा लुम्बिनीका संयोग थपलिया तेस्रो भए।
५० केजी पुरुषतर्फ बागमतीका शशीप्रसाद विक प्रथम हुँदा मधेसका चन्दन शाह दोस्रो भए। ५५ केजी बागमतीका राम शाही प्रथम हुँदा कोशीका अनमोल राई दोस्रो भए।
यस्तै पुरुष ६० केजीतर्फ बागमतीका साइरस भुजेल प्रथम हुँदा मधेसका नवीन सिंह ठगुन्ना दोस्रो भए।
पुरुष खुला सुजल महर्जन प्,थम हुँदा गण्डकी प्रदेका अर्जुन लामा दोस्रो हुँदै नगद ७ हजार पाए।
यस्तै महिला ३५ केजीतर्फ गण्डकी प्रदेशकी क्रिस्टिना बस्नेत प्रथम हुँदा बागमतीकि गंगा मोक्तान दोस्रो भइन्। ४० केजी महिलातर्फ गरिमा पार्की हुँदा यसोदा राना दोस्रो भइन्। ४५ केजि महिलातर्फ करिस्मा सार्की सुदूरपश्चिम हुँदा दोस्रो अस्मिता राना सुदूरकै भइन्।
५० केजी महिलातर्फ कर्णाली प्रदेशकी बागमती बिष्ट प्रथम हुँदा बागमतीकै सादना विष्ट दोस्रो भइन्। ५५ मा सुदूरकी रेविता चन्द प्रथम हुुँदा गण्डकीकि रितिका चौधरी दोस्रो भइन्।
यस्तै, महिला खुल्लातर्फ बागमतीकि बबिता कार्की प्रथम हुँदा सइमा घिसिङ दोस्रो भइन्।
पदक विजेता खेलाडीहरु समापन समारोह प्रमुख अतिथि प्रमोद जयसवा, विशेष अतिथि डा. दीपेन्द्र महतो, कार्यक्रमका सभा अध्यक्ष वीर कृष्ण महर्जनलगायत कार्यक्रममा अतिथिहरु नगदसहित पुरस्कार प्रदान गरे।
प्रतियोगिता सफल बनाउन मुख्य प्रायोजक सर्बोषभुमि प्रालिले गरेको थियो।
प्रतियोगितामा वरिष्ठ तथा मुख्य जुरी केदारमान स्थापितले गरेका थिए।