

गौशाला । महोत्तरीको गौशालास्थित कभर्डहलमा १८औं राष्ट्रिय बुदोकैदो फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सुरु भएको छ।
नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घघाटन महोत्तरीको गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतोले गरेका थिए।
७ प्रदेशका तीन सय खेलाडीहरू सहभागी रहेको प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ समूहका खेल समावेश गरिएको छ।
शुक्रबारबाट सुरु भएको प्रतियोगितामा पुरुषतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ।
३० केजी पुरुषतर्फ सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशका किरण भण्डारीले बागमती अग्रिम सापकोटा तथा लुम्बिनीका अर्जुन थिङले सुदूरका राम बिकसँग खेल्नेछ।
३५ केजी पुरुषतर्फ मधेस प्रदेशका ब्रहमदेव महतोले मधेसकै सनराज अधिकारी तथा बागमतीका सैलेन्द्र तामाङले कोशीका जियान अधिकारीसँग खेल्नेछ।
४० केजी पुरुषतर्फ बागमतीका साजन वाइबाले सुदूरका खगे्न्द्र विष्ट तथा बागमतीका दिपेश तामाङले सुदूरका दिपेश भट्टसँग खेल्नेछन्।
४५ केजी पुरुषतर्फ कर्णालीका दिप्रेन्द्र एैरीले कोशीका शुलम लिम्बु तथा लुम्बिनीका सम्योग थपलियाले सुदूरका बासुदेश खडायत सुदूरको सामना गर्ने।
५० केजी पुरुषतर्फ बागमतीका शशी प्रशाद बिकले मधेशका साइान लुङ्गेली मगर तथा मधेसका पुष्पलाल श्रेष्ठले मधेसकै चन्दन शाह सँग खेल्नेछन।
५५ केजी पुरुषतर्फ क्वाटरफाइनल खेलमा सुदूरका प्रकाश भण्डारीले कर्णलीका बिबेक रोकायसँग खेल्ने, कोशीका अनमोल राईले काेशीकै प्रेम बहादर श्रेष्ठसँग खेल्ने, बागमतीका रा शाहीले मधेसका गौरीसंकर शिहसँग खेल्ने, गण्डकीका बिशाल डोङले सुदूरका निर्मल बिकेसँग खेल्ने।
यस्तै पुरुष ६० केजी, पुरुष खुल्ला र महिलातर्फका खेलहरु शनिबार नै हुनेछ भने प्रतियोगिताको समापन पनि शनिबारै हुने बुदोकैदो फुल क्यान्ट्क्स कराँतेका बरिष्ठ तथा मुख्य जुरी केदारमान स्थापितले जानकारी दिए।
प्रतियोगिताका विजेता खेलाडीहरुले नगदसहित ट्रफी मेडल प्राप्त गर्नेछन्।
प्रतियोगिताले नेपालमा कराँते खेलको प्रवर्द्धन गर्नुका साथै युवा खेलाडीहरूको प्रतिभा निखार्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको वाग्मती बुदोकैदो संघका अध्यक्ष प्रेम शाहले बताए।