
ईकोनोमिक खबर, काठमाण्डौं। रूकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना भएको छ।
सानीभेरी–५ मेल्चोरबाट खलङ्गा आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप आज बिहान पौने ८ बजे बाँफिकोट गाउँपालिका–८ दुलीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी इन्स्पेक्टर विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए।
उनका अनुसार जिप सडकबाट अन्दाजी चार सय मिटर तल खसको छ।
दुर्घटनामा गम्भीर घाइते भएका एक शिशु, दुई महिला र दुई पुरूषसहित पाँच जनाको अवस्था चिन्ताजनक छ। उनीहरूलाई उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भइरहेको उनले बताए।
थप ११ जना घाइतेहरूलाई उद्धार गरी सल्ले अस्पताल लैजान लागिएको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए।
पानी परिरहेका कारण घाइतेको उद्धारमा समस्या रहेको उनले बताए। प्रहरी घटनास्थलमै रहेको र थप विवरण आउन बाँकी रहेको इन्सपेक्टर श्रेष्ठले बताए।