May 11, 2025

नेपाललाई २–० ले हराउँदै म्यानमार बन्यो च्याम्पियनसिप


काठमाडौं । फाइनलमा घरेलु टिम नेपाललाई २–० ले हराउँदै म्यानमारले चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि जितेको छ । योसँगै नेपाली महिला टिम १३औँ पटक उपविजेतामा सीमित बनेको छ । नेपालले सन् १९९६ यता ३४ वर्षमा १३ फाइनल खेले पनि हालसम्म कुनै पनि उपाधि जित्न सकेको छैन।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १५ हजार ५६८ दर्शकमाझ सम्पन्न खेलमा दुवै गोल म्यानमारले दोस्रो हाफमा गरेको हो ।

खेलको ६२औँ मिनेटमा यु फर खिनले गोल गर्दै म्यानमारलाई अग्रतामा राखेकी हुन् । लेफ्ट साइड बक्सभित्रबाट खिनले गरेको ‘चिप’लाई नेपाली टिमकी गोलकिपर एन्जिलाले ठम्याउन सकिनन् । त्यसको दुई मिनेटपछि नै म्यानमारले अग्रता दोब्बर बनायो ।