ईकोनोमिक खबर, काठमाडौं। सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने कार्यक्रमलाई बहुवर्षीय आयोजनामा राखेर कार्यान्वयन गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा सरकारले यस्तो घोषणा गरेको हो । रासायनिक मल समयमै उपलब्ध गराउने घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
नीति तथा कार्यक्रममा भनिएको छ ‘ रासायनिक मल कारखाना स्थापना गर्ने कार्यक्रमलाई बहुवर्षीय आयोजनामा राखिनेछ । स्थानीय तहमा जैविक मल कारखाना स्थापना गर्न प्रोत्साहन गर्ने नीति रहेको छ । ‘एक टोल एक सामूहिक कृषि उत्पादन’ र ‘एक वडा एक विशेष उत्पादन’ कार्यक्रम अघि बढाइनेछ । ’
उनले स्थानीय तहमा जैविक मल कारखाना स्थापना गर्न प्रोत्साहन गर्ने नीति रहेको समेत बताए । बाँझो जमिनमा युवालाई प्रोत्साहन गर्ने नीति रहेको समेत उनको भनाइ छ ।
यसको साथै सरकारले ‘एक टोल एक सामूहिक कृषि उत्पादन’ र ‘एक वडा एक विशेष उत्पादन’ कार्यक्रम अघि बढाउने घोषणा गरेको छ । ‘एक पालिका एक उत्पादन क्षेत्र’ नीति पनि लिने घोषणा भएको छ ।