
उपत्यकाव्यापी कराते सम्पन्न
काठमाडौं, १० फागुन । काठमाडौंको दक्षिणकाली नगरपालिका ९१ स्थित घट्टेचौरमा ५औं मेयर तथा राष्ट्रिय कप र ९ औं केभिन रोहन स्मृति उपत्यकाव्यापी च्याम्पियनशिप प्रतियोगिता आज सम्पन्न भएको छ । पुर्व खेलकुद मन्त्री राजन केसीको प्रमुख आतित्थ्यमा प्रतियोगिता कार्यक्रम समापन भएको हो । सो कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री केसीले खेल स्वास्थ्यको लागि मात्र नभई शारिरीक,मानसिक र सामाजिक कार्यमा महत्वपूर्ण भएको बताउनु भयो । त्यसैगरि विशेष अतिथीमा दक्षिणकाली नगरपालिका मेयर मोहन बस्नेत, संरक्षक कृष्ण गुरुङ, नेपाल क्योकुशिन काईकान अलाईड कराते संघका ब्रान्च चिफ चन्द्र गोले नेपाल प्रेस युनियनका केन्द्रिय सचिव छायाचन्द्र भण्डारी लगायतलेको उपस्थिती रहेको थियो ।
नेपाल क्योकुशिन काईकान अलाईड कराते संघका अध्यक्ष एवं आयोजक प्रतियोगिताका संयोजक विनोद गुरुङले प्रतियोगिताका खेलाडी र प्रशिक्षकहरुलाई बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए ।
प्रतियोगिताको प्राविधिक तर्फÞको प्रमुख जुरी भुमिकामा सुनिल आचार्य र समिर श्रेष्ठ रहनु भएको थियो । प्रतियोगिता कार्यक्रमको संचालन रामकुमार नगरकोटीले गरेका थिए । सम्पन्न खेलमा पुरुष तर्फ २५ केजीको खेलतर्फ पहिलो अजित रोइला, दोस्रो आरोहन हेमजान,तेस्रो कृष्ण बुढा र चौथोमा अरबिक लुइटेल विजय भएका छन् । त्यसैगरि ३० केजीको खेलमा पहिलो आयुष गोले, दोस्रोमा रमन मगर, तेस्रो सुलभ गुरुङ, बेरिडजंग खड्का विजयी भएका छन् । त्यसैगरि ३५ केजीको खेलमा पहिलो आयुष तामाङ, दोस्रो अरजित डिमजुङ,तेस्रोमा जेसिस राई र विनायक थापा मगर विजयी भएका छन् । त्यसैगरि ४० केजी तर्फको खेलमा पहिलो सविन गुरुङ, दोस्रो सन्जोक वाइवा, तेस्रो अरुन लुङ्वा र चौथोमा मनोज अग्री विजय भएका छन् । त्यसैगरि ४५ केजी तर्फको खेलमा रिकीधन राई, दोस्रो दिप्सन राना मगर,तेस्रो विवस गोले तामाङ र चौथोमा अनमोल रौनियार विजयी भएका छन् । त्यसैगरि ५० केजीको खेलतर्फ पहिलो आकाश थिङ,दोस्रो चन्द्र तामा«ङ,तेस्रो सिद्धार्थ तामाङ र चौथो कृतन बल विजयी भएका छन् । त्यसैगरि ५५ केजी तर्फको खेलमा पहिलो नवराज गिरी, दोस्रो धनबहादुर विक, तेस्रो अनिस गोले र चौथो एलेक्स श्रेष्ठ विजयी भएका छन् ।
त्यसैगरि महिला ३५ केजीको खेलतर्फ पहिलो सुप्रीया गुरुङ, दोस्रो आशिया श्रेष्ठ, तेस्रो प्रमिसा मगर र चौथोमा अञ्जली राई विजयी भएका छन् । त्यसैगरि ४५ केजी तर्फको खेलमा पहिलो निरुता खत्री, दोस्रो युजिन राई, तेस्रो जेनी मगर र चौथोमा देविसा राई विजयी भएका छन् । त्यसैगरि ५५ केजी तर्फको खेलमा पहिलो स्नेहा महतो, दोस्रो एलिसा विक,तेस्रो विनिसा राई र चौथोमा जेनिसा विक विजयी भएका छन् । विजयी खेलाडीहरुलाई प्रमाण पत्र,ट्रफी र नगदले सम्मान गरिएको थियो ।