
सल्यान । देशैभरिका स्थानीय तहका युवा परिषद्का कार्यकारी उपाध्यक्षहरुले सल्यानको कुमाख गाउँपालिकामा भएको युवा आन्दोलन र सरकारसँग भएको सहमतिहरु कार्यन्वयन गर्नतर्फ नलागि समस्या खडा गरेको देखिन्छ ।
व्यक्तिगत रुपमा युवाहरुका आवाज उठाउने युवा आन्दोलनका संयोजक युवराज खड्कालाई बारम्बार प्रतिशोध पूर्ण व्यवहार कुमाख गाउँपालिकाले गरिरहेको अवस्थामा युवा परिषद्का उपाध्यक्षहरुले कुमाख गाउँपालिकाका अध्यक्षलाई अनुरोध गर्दै पत्र लेखेका छन् ।
उनिहरुले नेपालमा वि.सं. २०७२ सालमा राष्ट्रिय युवा नीतिको निर्माण पश्चात् देशमा रहेको कुल जनसंख्याको करिव ४२.५६ प्रतिशत जनसंख्या रहेको युवाहरुका लागि काम गर्ने गरी संघीय तवरमा युवा तथा खेलकुद मन्त्रालयको मातहतमा राष्ट्रिय युवा परिषद्, प्रदेशस्तरमा सम्बन्धित युवा हेर्ने मन्त्रालय मातहत प्रदेश युवा परिषद् र स्थानीय तहमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ को अधिकार गरी स्थानीय युवा परिषद् सम्बन्धि ऐनको निर्माण गरी स्थानिय स्तरमा युवा परिषद् गठन गरेका छन् ।
यसरी गठन भएका युवा परिषद्हरुले युवाको सशक्तिकरण, क्षमता विकास, सामुदायिक सिप विकास तथा आवश्यक कार्यक्रम र कार्ययोजना निर्माण गरी सरकारलाई सघाउने गरेका छन् ।
सल्यानको कुमाख गाउँपालिकामा पनि पालिकाले स्थानीय युवा परिषद् गठन सम्बन्धि ऐन २०८१ जारी गरि स्थानीय युवा परिषद्को जिम्मेवारी अथवा उपाध्यक्षको रुपमा गाउँ कार्यपालिकाले स्थानीय युवा अभियान्ता युवराज खड्कालाई दिएको थियो, तर त्यो भन्दा अगाडि युवाहरुले गाउँपालिकाको कार्यसम्पादनमा सुधार, सार्वजनिक सेवा प्रवाह सुधार तथा सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्न पालिकाले कुनै भूमिका नखेलेको देखिन्छ । र यथाशक्य रुपमा ति कामहरु गर्नु पर्ने भनि युवाहरुले आन्दोलन गरेका थिए । आन्दोलन पश्चात् युवाहरु र सरकारपक्ष बीच विभिन्न विषयमा ८ बुदे सहमति भएको थियो, तर हाल आएर सरकारले ति सहमति कार्यन्वयन गर्नुको साटो उल्टो युवाहरुलाई तर्साउन कहिले स्पष्टिकरण सोध्ने कहिले जिल्ला प्रशासन कार्यालयमा मुद्वा दर्ता गर्ने, कहिले मान्छे अपहरण गर्यो भनेर झुट्टा प्रचार गरेर सरकार प्रतिशोध साध्ने काम गरेका कारण युवाहरुको र समग्र सामाजिक सुव्यस्था तथा परिवञ्चनका लक्ष्य कार्यन्वयनमा बाधा भएको भन्दै युवाहरु पुन: आन्दोलित भइरहेका छन् ।
यसै सन्दर्भमा स्थानीय सरकार अन्तर्गत देशका विभिन्न स्थानीय तहमा गठित युवा परिषद्का उपाध्यक्षहरुले सल्यानको कुमाख गाउँपालिकाले हाल युवाहरु विरुद्व गरिरहेको कार्य र डराउने, धम्काउने जस्ता गतिविधि चिन्ताजनक रहेको र यथाशक्य यस्ता कुराहरुको अन्त्य गरी सहमति, सहकार्य र समन्वय मार्फत युवाहरुको अधिकार सुनिश्चित् गर्न माग गर्दै पालिका उपाध्यक्षलाई ईमेल मार्फत अनुरोध पत्र पठाएका छन् । उपाध्यक्षहरुले भनेका छन् युवा आन्दोलको नेतृत्व गरेका युवा अभियान्ता युवराज खड्कालाई जसरी कुमाख गाउँपालिकाले प्रतिशोध साध्ने काम गरिरहेको छ त्यो अत्यन्तै खेदजनक रहेको समेत जनाएका छन् ।
यस्तो छ स्थानीय तहका उपाध्यक्षहरुले कुमाख गाउँपालिका अध्यक्षलाई गरेको अनुरोध पत्र ;