जेठ १ गते देखि एमडिएमएस पुनःकार्यान्वयन हुने, अब नयाँ मोबाईल दर्ता अनिवार्य


ईकोनोमिक खबर, काठमाडौं। यही जेठ १ गते देखि मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम एमडिएमएस पुनःकार्यान्वय नहुने जानकारी नेपाल दुरसञ्चार प्राधिकरणले एक सुचना प्रकाशित गरी जनाएको छ ।

नेपाल दुरसञ्चार प्राधिकरणले सुचना जारी गरी नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभागको २०८० बैशाख २९ गतेको प्रकाशित सूचना “यात्रुले आफ्नो साथमा महशुल सुविधामा ल्याउन पाउने मोबाइल फोन सम्बन्धी” अनुसार नेपालमा प्रयोग हुने मोबाइल सेटलाई अनिवार्य दर्ता गरी व्यवस्थित गर्न २०८० जेठ १ सोमबार बाट एमडिएमएस प्रणाली लागु गरिने जानकारी गराएको हो । अब विदेशबाट आउँदा एक यात्रीले  २ ओटा  मोबाईल सम्म ल्याउन पाईने व्यवस्था गरेको छ । एमडिएमएस प्रणाली अनधिकृत रुपमा मोबाईल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि होे । 
नेपाल दुरसञ्चार प्राधिकरणले नेपाल सरकारको “निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७” बमोजिम व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेट सम्बन्धित व्यक्ति स्वयंमले एमडिएमएसमा दर्ता गर्न सक्ने जानकारी दिएको छ साथै व्यक्तिगत प्रायोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँचपास भएका मोबाईल सेटहरु एमडिएमएस प्रणालीमा स्वतःदर्ता हुने व्यवस्था गरिएको छ । खरीद गरिएको नयाँ मोबाईल फोन दर्ता भए नभएको एकिन गर्न mमmक।लतब।नयख।लउ प्रणालीमा हेर्न सक्नुहुनेछ । निजी प्रायोजनको लागि ल्याईएको मोबाईल फोनहरु व्यक्ति स्वयंमले राहदानी वा नागरिकता र आगमन÷वहिग्रमन छाप देखिने राहदानीको पृष्ठ वाबोडिङ्ग पास कागजातहरु एमडिएमएस प्रणालीमा प्रविष्ट गरी दर्ता गर्ने व्यवस्था गरिएको छ । 
एमडिएमएस प्रणाली अनधिकृत ढंगबाट हुने मोबाइल बिक्रीवितरण रोक्न र राजस्व दायरामा ल्याउन अघि सारिएको परियोजना हो । सरकारले विदेशी मुद्रा सञ्चितिमा कमी नहोस् भन्ने उद्धेश्य राखेर मोबाइल आयतमा प्रतिबन्ध लगाउन खोजेपनि गैरकानूनी मार्गबाट भन्सार छलीका फोनहरु लाखौँको सङ्ख्यामा भित्रिदा रेमिट्यान्स मार्फत स्वदेश भित्रिने डलरमा समेत नकारात्मक असर पुग्नुका साथै सरकारले अरवौँ राजश्व समेत गुमाउनु परेको र गैरकानुनी रुपमा भित्रिने फोनहरु मध्ये चोरीका, रिफर्बिस फोनहरु समेत आउने हुँदा एकातिर आम उपभोक्ताहरु ठगीमा पर्ने र अर्कातिर राजस्व घट्ने तथा मोबाइल व्यवसायीको व्यापारमा व्यापक गिरावट रोक्न एमडिएमएस कार्यान्वयन गर्न लागिएको हो।

NTA Notice Publised on 14 MAy 20231684142136.jpeg