सिद्धार्थ बैंकको बोनस सेयर सूचीकृत


इकोनामिक खबर,
काठमाडौं। सिद्धार्थ बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। नेप्सेमा सिद्धार्थको ४२ लाख ३२ हजार १९२.६४ कित्ता बोनस सूचीकृत भएको हो। बैंकको गत पुष २३ गते बसेको साधारण सभाले सेयरधनीलाई गत वर्षको नाफाबाट ५५ बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो। अहिले सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
बोनसपछि सिद्धार्थको चुक्ता पूँजी आठ अर्ब ८८ करोड ७६ लाख चार हजार रुपियाँ पुगेको छ। प्रतिशेयर आम्दानी २४ रुपियाँ ८१ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६६ रुपियाँ ४९ पैसा रहेको छ।