
काठमाडौं । ललितपुरको झम्सिखेल स्थित मेट्रो मार्केट परिसरमा आज ललितपुर महानगरको उपमेयर मञ्जली शाक्य बज्राचार्यको उपस्थितिमा उक्त मार्केटको सुरुवात गरिएको हो ।
यस कार्यक्रममा राष्ट्रिय कृषक समुह महासंघमा आबद्ध किसान, विन नेपाल, भिसओ नेपाल, केयर नेपाल र अर्गानिक किसानको उपस्थितमा यस कार्यक्रम सम्पन्न भयो।
यस बजारमा किसान समुहले प्रत्यक्षरुपमा आफ्नो बालि तथा बस्तुका बजारीकरणमा यस मेट्रो मार्केटको स्थललाई प्रयोग गर्नेछन। यसको सबै ब्यवस्था राष्ट्रिय कृषक समुह महासंघका सदस्यहरुले मेट्रो सँग सहकार्य गरेका छन।
यस कार्यक्रमका प्रमुख अतिथि ललितपुरका उपमेयर मञ्जली शाक्य बज्राचार्यले पनि किसान बचाउन सके मात्रै हाम्रो स्वास्थ्य र जमिन राम्रो हुने बताइन्।
त्यस्तो बजारको आवशयकता भईरहेको अवस्थामा यस मार्केटले किसान र उपभोक्तालाई जोड्ने कामका साथै विभिन्न खालको अर्गानिक तरकारी सजिलो सँगै पाईने ब्यवस्था भएकोमा आयोजकलाई धन्यवाद दिनुभयो ।
विचौलियाले धेरै नाफा गर्दा भने सोझा सिधा किसानहरुमा मारमा परेका छन अबको आवमा स्थानिय र कृषि बजार स्थापनाकालागी प्रदेश सरकार र ललितपुर मनपाको सहकार्यमा छिट्टै बजारको स्थापना हुने उनले बताइन्
अर्गानिक उत्पादन गर्ने र मेहेनत गर्ने महिला तथा साना किसानको उत्पादनमा बजारीकरण नै प्रमुख रहेको राष्ट्रिय कृषक समुह महासंघका कार्यक्रम निर्देशक केदार कोईरालाले बताउनु भयो।
मेट्रो मार्केट र कृषक समुह महासंघको सहकार्यमा खोलिएको यस बजारले किसानको खाद्यसम्प्रुभुताको अधिकार स्थापित गरेका बताउनु भयो।
केयर नेपालका प्रकाश सुवेदीले यस बजारलाई कृषक पाठशालाको रुपमा चित्रण गरेका छन । स्वच्छ उत्पादन घरधुरी तहगत समविस्तार योजना मुताविक किसानका उत्पादनमा आधारीत खाद्यसम्प्रभुताको अधिकार कायम हुने विश्वास लिनुभयो। ूस्वच्छ पर्यावरणीय उत्पादन कार्यमा किसानको हातरहेको हुन्छ, खाद्य अधिकारमा आधारीत कृषिप्रणाली रहेको बताउनु भयो।
यसैगरी भिएसयोका निर्देशक सन्तोष थापाले पर्यावरणीय कृषि प्रबद्र्धन कार्यक्रम अन्तर्गत ३ जिल्लाका ६ ओटा पालिकामा विषादी रहित प्रकृति सम्बद्ध उत्पादन अभ्यास अन्तर्गत स्थानिय तथा रैथाने बिउको प्र्रयोग, गोठ सुधार तथा मलमुत्रको सहि ब्यवस्थापन, बालि विविधिकरण उत्पादन र बजारीकरणका साना किसानलाई शशत्तिकरण अभ्यास रहको बताउनु भयो।
राष्ट्रिय कृषक समुह महासंघका अध्यक्ष पंचकाजी श्रेष्ठका अनुसार ७ प्रदेशका ६९ जिल्लाका ४०० पालिका मा संजाल रहेको यस महासंघले विगत बर्षदेखि खाद्यअधिकारमा स्थानियकरण, तहगतसरकारको नितिनियममा मुलप्रवाहिकरण गर्दै सशक्त आवाज उठाई रहेको बताउनुभयो। मकवानपुरको भिमफेदीका किसानका उत्पादन देखि चन्द्रागिरी, भक्तपुरका किसानहरुले स्वच्छ उत्पादन कृषि बस्तु सहजरुपमा उपभोक्ताले पाउनेमा विश्वास दिलाउनु भयो ।
अहिले कृषिवस्तुमा देखिएको अत्याधिक रासायानिक तथा विषादिको प्रयोग हुने हुनाले हाम्रा किसानका बस्तुमा विषादी भेटेमा त्यही किसान भागीदार हुने ब्यवस्था रहेको बताउनु भयो।
किसानले स्वच्छ र गुणस्तरीय कृषि बस्तु उत्पादन गरेको छन ढुक्क भएर लानुस विषादीको प्रयोग छैन। अहिले किसान अर्गानिक उन्मुख तथा क्लाईमेट स्मार्ट कृषिमा उत्पादन गरेका छन अध्यक्षले बताउनुभयो ।
पुर्व मिस नेपाल इशानी श्रेष्ठको मार्केटमा अर्गानिक तरकारी तथा खाद्य वस्तु उपलब्ध हुनेछ, अर्गानिक कृषि बस्तु खोज्नेहरु हरेक शनिबार विहान ८ बजे देखि झम्सीखेल ललितपुर मा रहेको मेट्रो मार्केटमा बजार लाग्ने जानकारी दिइन् ।