
विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा फेरि तनाव सिर्जना भएको छ ।
उनीहरुले केबलकार निर्माणस्थलमा पुगेर केही बेर भाषण गरेको र त्यसपछि प्रहरीलाई ढुंगामुढा गरेपछि झडप भएको हो ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले क्षमापुजाको नाममा राम मादेन, प्रेम एक्तेन, चन्द्र मादेन सहितका नेताहरुले केही समय भाषण गर्नुभयो । सुरक्षा निकायले राखेको घेरा तोडेर करिब ३ बजेतिर ढुंगा, मुढा हान्नुभयो, त्यसपछि हामीले पानीको फोहोरा र अश्रुग्याँस हान्नुपर्यो,’ शर्माले भने, ‘त्यसक्रममा सशस्त्र र नेपाल प्रहरीका ११ जना र नो केबलकार समूहका १ जना घाइते भएको कुरा बताए।’
झडपका क्रममा घाइतेलाई लिन पठाएको एम्बुलेन्समाथि आक्रमण हुँदा चालक घाइते, गाडी तोडफोड भएको छ,’ प्रमुख जिल्ला अधिकारी शर्माले भने ।