११ औं कागेश्वरी मनोहरा पर्यटन महोत्सव तथा विशेष सांस्कृतिक कार्यक्रम’ सम्पन्न


काठमाडौं। ११औं कागेश्वरी मनोहरामा पर्यटन तथा सांस्कृतिक महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री माननीय बद्री प्रसाद पाण्डे, कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की र उप प्रमुख शान्ता थापा लगायतकाे उपस्थिति रहेको थियोे ।

महोत्सवमा प्रमुख अतिथिको रूपमा नेपाल सरकारका पर्यटनमन्त्री बद्री पाण्डे सहभागी हुनुभएको थियो।  पर्यटनमन्त्री पाण्डेले कागेश्वरी मनोहरा क्षेत्रको पर्यटन प्रवर्द्धनमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

नगर प्रमुख कार्कीले स्थानीय पर्यटन प्रवर्द्धनमा यस्ता महोत्सवहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो भने उप प्रमुख थापाले स्थानीय संस्कृतिको जगेर्ना गर्ने लक्ष्य पूरा भएको बताउनुभयो।

कागेश्वरी नगरपालिकाले यही बुधबार कागेश्वरी धाममा गर्न लागेको ‘११ औं कागेश्वरी मनोहरा पर्यटन महोत्सव तथा विशेष सांस्कृतिक कार्यक्रम’ मा हास्यव्यङग्यदेखि गायन क्षेत्रका थुप्रै चर्चित कलाकारहरूको प्रस्तुति हुने भएको हो।

हास्यव्यंग्य कलाकार मनोज गजुरेल, रामचन्द्र अधिकारी, सीपी पुडासैनी (धतुरे बा), गायक राजु परियार, शिरीर योगी, गायिका अस्मिता अधिकारी, काँठे लोक दोहोरी गायक नवराज घोरासैनी लगायतका कलाकारहरूको प्रस्तुति रहको थियोे।

महोत्सवको सफल आयोजनाले स्थानीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको वडा १ का वडाध्यक्ष मकुन्द गजुरेलले जानकारी दिनुभएको छ।

११ औं कागेश्वरी मनोहरा पर्यटन महोत्सव तथा विशेष सांस्कृतिक कार्यक्रम’मा आयोजक कागेश्वरी मनोहरा नगरपालिकामा आन्तरिक पर्यटनको प्रमुख गन्तब्यको विकासका हुने, आर्थिक सामाजिक समृद्धिमा टेवा हुने प्रमुख उपेन्द्र कार्कीले जानकारी दिए।