पोल्ट्री व्यवसायी शंकर कँडेल आत्महत्या प्रकरणमा किटानी जाहेरी दिएका व्यक्तिलाई पक्राउको माग राख्दै प्रदर्शन


ईकोनोमिक खबर, काठमाण्डौं। 

चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेल आत्महत्या प्रकरणमा किटानी जाहेरी दिएका व्यक्तिलाई पक्राउको माग राख्दै व्यवसायीहरूले प्रदर्शन गरेर राजमार्ग बन्द गरेका छन् । उद्योग बाणिज्य संघ चितवन, उद्योग संघ, चेम्बर अफ कमर्शले घटनामा किटानी जाहेरी दिएका अनमोल फिड्सका सञ्चालक प्रदिप रूङ्गटा र कम्पनीका चार्टर अकाउन्ट जीवन रावललाई पक्राउ गर्न माग राखेर प्रदर्शन गरेका हुन् ।

कांग्रेस चितवनका पूर्व कोषाध्यक्षसमेत रहेका कँडेललाई आत्महत्या गर्न वाध्य पारिएको भन्दै कांग्रेस चितवन पनि आन्दोलनमा छ । कांग्रेस कार्यकर्ता तथा कँडेलका समर्थकहरूले पूर्व पश्चिम राजमार्गको चौबिस कोठीमा सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् ।