ईकेनोमिक खबर, काठमाण्डौं। सातौं चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी२०८० भरतपुर चितवन प्रद्धर्शनी केन्द्रमा सुरु भएको छ । औद्योगिक प्रदर्शनीको संघिय सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रि रमेश रिजालले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो।
समारोहमा मन्त्रि रिजालले स्वदेशी लघु घरेलु उद्योगलाई प्रबद्र्धनका लागी औद्योगीक प्रदर्शनी पनि महत्वपूर्ण माध्यम बनेको बताउनुभयो। यस्ता प्रदर्शनीले स्वदेशी उद्योगको प्रवद्र्धन टेवा पुग्छ, उहाले भन्नुभयो। प्रदर्शनीको माध्यमबाट उद्यमीहरुलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागी प्रोत्साहन गर्दछ।
प्रदर्शनीबारे जानकारी गराउनुहुदै औद्योगीक प्रदर्शनी आयोजक चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले मागमा आएको उच्च संकुचनका बावजुद आर्थिक गतिविधिलाई चलायमान बनाउने उत्पादन बृद्धिमा सहयोग गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरीएको बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष राजेश कुमार अग्रवालले अर्थतन्त्रमा देखिएको संकुचनका कारण उद्यमशिलतामा शुस्तता छाएको वर्तमान अवस्थामा चितवन उद्योग संघले प्रदर्शनीको माध्यमबाट प्रेरणा जगाई अर्थतन्त्रलाई चलायमान बनाउने कोशिस स्वरुप प्रदर्शनीको आयोजनाको सफलताको शुभकामना ब्यक्त गर्नुभयो। उहाँले अर्थतन्त्र निकै चुनौतिपूर्ण अवस्थामा रहेको भन्नुहुदै निजी क्षेत्रको मनोबल बढाउने गरी काम गर्न सरकारलाई आग्रह गर्नुभयो। आगामी बजेट तथा मौद्रिक नीतिमार्फ्त निजी क्षेत्रको समस्या सम्बोधन हुने विश्वास आफुहरुको रहेको समेत बताउनुभयो।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले अर्थतन्त्रमा सिथिलता छाई उद्यमशिलता नै पलायन हुन लागेको अवस्थामा राष्ट्रिय तथा अन्तर्राष्ट्रीय कम्पनीहरुलाई एउटै छानामुनी ल्याई आयोजना गरीएको यो प्रदर्शनीको माध्यमबाट उद्यमशिलतालाई जिवन्त राख्न् सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । लाखौ रुपैयाँ खर्च गरेर प्रविधि अवलोकनको लागी विदेशिनु पर्ने अवस्थाको अन्त्य गर्नको लागी प्रदर्शनीको ठूलो योगदान रहेको बताउनु भयो।
प्रदर्शनीको दोश्रो दिन नेपाल सरकार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको तर्फबाट वर्तमान औद्योगीक परिदृश्य, नेपालमा औद्योगीक विकासको सम्भावना र अवसरका विषय र नेपाल उद्योग परिसंघको तर्फबाट मेक ईन नेपाल स्वदेशी अभियानको विषयमा गोष्ठि तथा सेमिनार आयोजना हुनेछ। गोष्ठि तथा सेमिनारमा औद्योगीक समस्या र समाधानका विषयमा केन्द्रित भई संचालन हुने हुदा दिगो उद्यमशिलताको लागी सहयोगी हुने आयोजकको विश्वास रहेको छ।
स्वदेशी लघु घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरीएको प्रदर्शनीमा औद्योगिक मेशिनरी र प्रविधि सहित निर्माणजन्य, कृषिजन्य, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, प्रिन्टिङ्ग, प्याकेजिङ्ग, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादनको प्रदर्शनी हुने औद्योगिक प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ११० भन्दा बढी स्टलहरु राखिएका छन् ।
औद्योगिक प्रदर्शनीमा नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, बागमती प्रदेश सरकार, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, घरेलु तथा साना उद्योग कार्यालय चितवन र चितवनका स्थानीय पालिकाहरुको प्रबद्र्धन सहयोग र चितवन उद्योग संघको आयोजना तथा नेपाल उद्योग परिसंघ एवम् नेपाल घरेलु तथा साना उद्योग महासंघको अभिभावकत्व, मिडिया स्पेस सोलुसन्स प्रा.लि तथा Futurex Trade Fair and Eventsको व्यवस्थापकीय साझेदारीमा आयोजना गरीएको हो । प्रदर्शनी बैशाख २४ गतेसम्म संचालन हुनेछ।