ईकोनोमिक खबर, काठमाण्डौं। आसियाना बासमति चामलको नेपालका लागि आधिकारिक बिक्रेता (Rani sati International Pvt. Ltd.)ले कारोवार शुरु गरेको एक वर्ष पुगेको अवसरमा काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरेको थियो । कम्पनीले बार्षिक उत्सव तथा डिलर भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
डिलर भेटघाट कार्यक्रममा प्रमुख अतिथिका रुपमा GRM Foodsका अध्यक्ष प्रदिप गर्ग तथा रक्षा उप्रेती (Miss ECO International 2023)विशेष अतिथिका रुपमा उपस्थित रहनु भएको थियो ।
कार्यक्रममा GRM Foods sf k|jGwlgb]{zs Mr Yansil Gargले नेपालमा विश्वस्तरीय चामलनै उपलव्ध गराउने र थप व्यापार विस्तार गर्ने प्रतिवद्ता व्यक्त गर्नुभयो ।
कार्यक्रममा Rani sati International Pvt. Ltd sf cWoIf Mr Om Prakash Bansal ले आसियाना बासमती राइसको बारेमा जानकारी दिनु भएको थियो ।
नेपाल समेत भारत तथा विश्वका धेरै देशहरुमा विक्रीवितरण भएको आसियाना बासमती चामल काठमाडौ लगायत पुरै देशभरि विक्री विस्तार गर्ने योजना रहेको छ । उपभोक्ताको मागलाई ध्यानमा राखेर उत्पादन भएको उक्त उत्पादन नेपाली ग्राहकहरु माझ १ बर्षको अवधिमै निकै नै रुचाइएको मूलायम तथा बास्नादार चामलको ब्राण्डमा परेको छ ।
कार्यक्रममा देशैभर छरिएर रहनु भएको ३० भन्दा बढी आसियाना चामलका डिलरहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । नेपालभरबाट उत्कृष्ट व्यापार गर्ने डिलरलाई कम्पनीले उपहार स्वरुप विभिन्न उपहार उपलब्ध गराएको थियो ।
सन् १९९० मा स्थापना भएको यस कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा उपलव्ध गराएकोे छ र ५० बर्ष भन्दा पुरानो कम्पनीद्धारा उत्पादित हरियाणाको प्रख्यात चामल हो । Rani sati International Pvt. Ltd ले नेपालमा आसियाना चामल संगै विभिन्न उत्पादनहरु पिसा आटा, रामदेव तेल, ईन्दुशंकर चिनी तथा राजहंस तेल जस्ता उत्पादनहरु विक्रीवितरण गर्दै आईरहेको छ।