
काठमाडौं । स्वस्थ खानाको प्रवर्धन गर्दै आएको EAT FIT PVT. LTD. ले आफ्नो सफल आठ वर्ष पूरा गरेको अवसरमा टेक अवे काउन्टर मध्य बानेश्वर संचालनमा ल्याएको छ।
स्वस्थ जीवनशैलीलाई प्राथमिकता दिँदै, कम्पनीले नेपाली रैथाने / पारम्पारिक अन्नहरूलाई आधुनिक स्वादसँग मिश्रण गर्दै विभिन्न परिकारहरू तयार पार्दै बजारमा ल्याएको छ।
नयाँ टेक अवे काउन्टरको विशेषता:
स्थान: मध्य बानेश्वर जहाँ लाइभ खानाको परिकार खान सकिन्छ ।
उपलब्ध परिकारहरू:
✔ कोदोका परिकारहरू: चिप्स, आइसक्रिम, चाउमिन, पिज्जा, वाफल, कुकिज, केक
✔ फापरका परिकारहरू: पिज्जा, वाफल, केक
✔ कोदो-फापर मिश्रित उत्पादनहरू
✔ केराको चिप्स,
स्वस्थ खानाको फाइदा
इट फिटले परम्परागत अन्न कोदो र फापरलाई प्राथमिकता दिएको छ, जसले स्वास्थ्यमा धेरै लाभ पुर्याउँछ।
कोदो (Millet) को फाइदा:
१. ग्लुटेन-फ्री (Gluten-Free) भएकाले पेटलाई फाइदा
२. मधुमेह (Diabetes) नियन्त्रणमा सहयोगी
३. फाइबरयुक्त भएकाले पाचन प्रणाली राम्रो
४. प्रोटिन, आइरन र क्याल्सियमयुक्त
फापर (Buckwheat) को फाइदा:
रक्तचाप नियन्त्रण गर्न मद्दत
शरीरमा ऊर्जा बढाउने
उच्च फाइबरयुक्त भएकाले तौल घटाउन सहयोगी
एन्टिअक्सिडेन्टले भरिपूर्ण भएकाले रोग प्रतिरोधी क्षमता बढाउने
अन्य फास्ट फुडसँग तुलना
संचालकको भनाई: गत आठ बर्ष देखि यसखाले खानाको परिकार बनाएर अडर अनुसार बजारमा पुर्याउने काम रहेकि सिन्धुपाल्चोककि रजिना भट्टराईलाई यसमा शुरुआत सानो लगानीमा थियोे।
समय अन्तरालमा परिवारको साथ र करोडौं लगानीमा EAT FIT संचालनमा छ। अडरमा खानाको उपलब्ध गराउने कामबाट अब प्रत्यक्ष खाना खान पाइने यस आउटलेटको प्रमुख उधेश्य रहेको रजिना बताउँछिन् ।
संचालक रजिना भट्टराईले भनिन्, “हाम्रो उद्देश्य स्वस्थ खाना उपलब्ध गराउने हो। कोदो र फापर जस्ता पौष्टिक अन्नलाई नयाँ स्वाद र परिकारमा रूपान्तरण गर्दै टेक अवे काउन्टर संचालनमा ल्याएका छौं।”
स्वस्थ खानाको महत्व बुझ्दै EAT FIT ले गुणस्तरीय, पारंपरिक र पौष्टिक परिकार उपलब्ध गराउँदै आएको छ। यदि तपाईं स्वस्थ, ग्लुटेन-फ्री र पौष्टिक खाना खोज्दै हुनुहुन्छ भने, इट फिटको नयाँ टेक अवे काउन्टरमा अवश्य जानुहोस्!