
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।
इन्डियन आयल कर्पोरेसनबाट आज १५ फेब्रुअरी २०२५ (फागुन ०३, २०८१) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा ०.५८ रुपैयाँले बढेर र डिजेलमा ३.५९ रुपैयाँले घटेर आएको निगमले जनाएको छ ।
निगम सञ्चालक समितिको निर्णयानुसार १६ फेब्रुअरी २०२५ (मिति २०८१–११–०४)को बिहान ००ः०१ बजेदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पेट्रोलमा १ रुपैयाँले बढाइएको र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले घटाइएको निगमले जनाएको छ।