
आइतबार र सोमबारको वार्ता र छलफलबाट कुनै निष्कर्ष ननिस्किएपछि पाथीभरामाता देवी क्षेत्रमा निर्माणाधीन केबलकारको विरोध गर्दै पुनः आन्दोलनको घोषणा भएको छ।
केबलकारको विरोध गर्दै आएका मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ संस्था र १० वटा अन्तर्दलीय राजनीतिक पार्टीले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका हुन्।
सोमबार उनीहरूले माघ २९ गतेदेखि फागुन ९ गतेसम्म का पत्रकार सम्मेलनमा आन्दोलनको घोषणा गरेका छन् ।
जसअनुसार
- माघ २९ गतेदेखि फागुन ९ गतेसम्म ग्लोबल आइएमइ बैंकसहित आइएमइ समूहको बहिष्कार गर्ने,
- फागुन ६ गतेदेखि ८ गतेसम्म मुक्कुमलुङ बचाऔँ पदयात्रा गर्ने,
- केबलकारको अनुमति तथा सम्झौता खारेजीका लागि दबाब दिन फुङलिङ नगरपालिकाको कार्यालय घेराउ,
- केबलकार निर्माण सामग्री ढुवानी नगर्न आग्रह गर्ने,
- काठमाडौँ, इटहरी र बिर्तामोडमा विरोध सभा गर्ने लगायतका कार्यँकर्म हुनेछ अरु आन्दोलन पनि थपिदै जाने ।