
काठमाडौँ । यो साता सेयर बजार परिसूचक (नेप्से) ४२ अंकले बढेको छ ।
अघिल्लो बिहीबार बजार बन्द हुँदा परिसूचक २६५७ बिन्दुमा थियो ।
हिजो बिहीबार परिसूचक २६९९ बिन्दुमा पुगेको छ ।
यो साता ५ दिन कारोबार हुँदा २ दिन बजार बढ्यो भने ३ दिन घट्यो ।
आइतबार बजार ६९ अंकले उक्लियो ।
सोमबार २.४१ अंकले मात्रै बढ्यो ।
सोमबार परिसूचक २७३० बिन्दुमा पुगेको थियो । त्यसपछिका ३ दिन बजार सामान्य अंकले ओरालो लाग्यो ।
मंगलबार १४ अंकले घट्दा परिसूचक २७१५ बिन्दुमा पुगेर रोकिएको थियो ।
त्यसपछि बुधबार ४ अंकको गिरावट आयो भने बिहीबार ११ अंकले बजार घट्यो ।
यो सातामा परिसूचक २७६४ को उच्च बिन्दुमा उक्लियो भने २६३४ को न्यून बिन्दुसम्म आयो।
कारोबार रकममा पनि यो साता तीव्र उतारचढाव देखियो ।
आइतबार १२ अर्ब ७५ करोडको कारोबार भएको थियो।
सोमबार ११ अर्ब ७१ अर्बको कारोबार भयो भने मंगलबार ८ अर्ब ८२ करोडमा झर्यो ।
बुधबार ८ अर्ब ८५ करोडको कारोबार भएको थियो भने हिजो,
बिहीबार बढेर ९ अर्ब ९५ लाखको कारोबार भयो।