इकोनामिक खबर,
काठमाडौं। ग्लोबल आइएमई बैक लिमिटेडले धादिङ्मा छ जना भूकम्प पिडितहरुलाई निजी आवास निर्माण सहुलियतापूर्ण कर्जा वितरण गरेको छ।
बैङ्कको त्रिशुली शाखा, नुवाकोटबाट एक समारोहका बीच विभिन्न छ जना भूकम्प पीडितहरुलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले भूकम्प पिडितहरुको निजी आवास निर्माणार्थ उक्त कर्जा वितरण गर्नुभएको हो। सोही समारोहमा बैङकका रिटेल बैंकिङ प्रमुख नरहरि सिलवालले विभिन्न तीन जना ग्राहकहरुलाई कृषि तथा पशुपक्षी कर्जा र महिला उद्यमशील कर्जा वितरण गर्नुभया।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. श्रेष्ठले स्थानीय सरकारको सहयोगमा घर नबनाएका भूकम्प पीडितहरुको घरघरमा गएर समस्याको पहिचान गर्ने र सरकारले अनुदान दिएर घर बनाउन लगाउँदा पनि लाभग्राहीले आनाकानी गरेमा सरकारले विशेष निगरानी राखेर वास्तविकता पत्ता लगाउने बताउनुभयो।
बैङ्कले नुवाकोटका भूकम्पपीडित एवं कृषि तथा उद्यमशिल पेशामा आवद्धलाई सहुलियत कर्जा वितरण शुरु गरेको छ। पहिलो चरणमा नौ जनालाई उक्त कर्जा सम्झौता गरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी समितिका सदस्य डा चन्द्रबहादुर श्रेष्ठले सम्बन्धित ऋणीलाई चेक हस्तान्तरण गर्नुभयो।