बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले मागेको कार्यकारी निर्देशक पदमा चलखेल 


बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले मागेको कार्यकारी निर्देशक पदमा चलखेल 
ईकोनोमिक खबर, काठमाडौं । बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले मागेको कार्यकारी निर्देशक पदमा चलखेल शरु भएको छ । केन्द्रका एक कर्मचारीका अनुसार केन्द्रले मागेको कार्यकारी निर्देशक पदका लागि सोही केन्द्रका उच्च पदस्थ व्यक्तिले नै आफ्नो नजिकका नातेदारलाई नियुक्त गर्ने तयारी थालेका छन् ।

गोप्य स्रोतका अनुसार कार्यकारी निर्देशक पदको दरखास्त आह्वानको काजगी प्रक्रिया पुर्याएर सो केन्द्रका सचिव दिनेशकुमार घिमिरेले चलखेल सुरु गरेका हुन् । अहिले जारी राजनीतिक संक्रमण र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा मन्त्री विहीनताको मौका छोपेर सचिव घिमिरेले आफू नजिकका नातेदारलाई सेटिङ मिलाएर निर्देशक बनाउने भित्री खेल सुरु गरेका छन् ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ वा उर्जा सम्बन्धी विषयमा स्नातकोत्तर उपाधि सहित बैकल्पिक उर्जाको क्षेत्रमा १० बर्ष काम गरेको अनुभव भएका उम्मेद्वारले उम्मेद्वारी दिन सक्ने सूचना प्रकाशन गरेको केन्द्रले बैकल्पिक उर्जा विकास समिति गठन आदेश, २०५३ को दफा ७ बमोजिम बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशक माग गरेको उल्लेख गरेको छ ।