ईकोनोमिक खबर, काठमाडौं।
गत फाल्गुन १ गतेबाट सवारी चालक अनुमति पत्र लिन ७० अंक ल्याए ट्र¥याल परिक्षा उर्तिण हुने व्यवस्था गरिदै छ । अहिले नेपालको सडकमा दुर्घटनाबाट दैनिक ६ देखि ७ जनाको मृत्यु भइरहेपनि लाईसेन्स परिक्षालाई कसिलो बनाउनुको सट्टा झन खुकुलो बनाइदै छ।
यसैपनि दुर्घटना रोक्न नसकिरहेको वेला सवारी चालक अनुमतिपत्र सिमकार्ड जसरी नै बाढ्न थालेपछि दुर्घटना बढ्ने सवारीविज्ञ विमल बन्जाडेले बताए । यसैपनि सडकमा सवारीको नियमन हुन सकेको छैन बन्जाडेले भने “ सिमकार्ड जसरी लाईसेन्स बाडेर दुर्घटना बढाउन आफै उद्यत हुनु सरकारको गैर जिम्मेवारीको पराकाष्ट हो ” यो निर्णय तत्कालै सच्चाउन आवश्यक छ।
नयाँ कार्यविधि जो कोही सजिलो पास हुन सक्छन् । कसरी ?
- टर्निङ इन्डिकेटर लाइट नबालेमा १० अंङ्क मात्रै घट्छ : पास भइन्छ।
- ट्राफिक संकेतको पालना नगरेमा १५ अंङ्क मात्रै घट्छ : पास भइन्छ।
- अस्वभाविक गतिमा वा अंसंयमित रुपमा सवारी चलाएमा ३ अंङ्क मात्रै घट्छ : पास भइन्छ।
जस्ता सुकै गम्भिर गल्तीगर्दा पनि सजिलै सवारी चालक अनुमतीपत्र दिन सरकार किन हतारो गरियो।
यसका पछाडी तीन वटा मूख्य कारण रहेका छन् –
१. कर्मचारीतन्त्रले समसामयिक सुधार गरेको भनेर राजनीतिक नेतृत्वलाई आँखामा छारो हाल्यो।
२. नेपाल सरकारका सचिव, सहसचिवहरुका छोरा छोरी पढ्नका लागि अमेरिका, अष्ट्रेलिया जान ट्रयाल पास गर्न नसेर रातारात ७० अंकको व्यवस्था गरियो।
३. ट्रयालबाट रकम खान पल्केका सरकारी कर्मचारीले आफनो तजविज अनुसार गर्न पाऊनेछन्। सरकारी कर्मचारीले सिमकार्ड जसरी विक्री गर्ने पाउँने ठाउँ भएको छ। यता ट्राफिक प्रहरीले नयाँ व्यवस्था कार्यान्वयन गर्ने अनिच्छुक देखिएको छ।
ट्राफिक प्रहरी अनिच्छुक।
ट्राफिक प्रहरीका केही उच्च अधिकृतले नयाँ व्यवस्थाले दुर्घटना बढाउने बताए पनि भौतिक मन्त्रालयका सचिव, सहसचिवहरुको दवावमा लागु गर्न लागिएको छ । यसअघि बागमती प्रदेशका मूख्यमन्त्री राजेन्द्र पाण्डेले नागरिकको ज्यानसंग खेलबाड गर्न कार्यविधि सच्चाउन माग गरेपनि कर्मचारी तन्त्रले टेरेन । हालै गठन भएको बागमती प्रदेश सरकारले वास्तविकता नबुझी सतही रुपमा कार्यान्वयन गर्न तर्फ अग्रसर भएको छ । यसको दुरगामी प्रभाव आगामी दिनमा देखिने नै छ।
हे पशुपती नाथ हामीले अरु ठूला ठूला दुर्घटना देख्न र सुन्न नपरोस ।