ईकोनोमिक खबर, काठमाडौं । नागरीक लगानी कोषको ३३ औँ वार्षिकोत्सवमा अर्थमन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरले नागरिक लागनी कोषले संचालन गरेको अनलाइन प्रणालीले कोषको कारोवारमा सहजता आएको बताएका छन । विद्युतीय सरकारी लेखा प्रणालीबाट तथ्याकं लिन थालेपछि त्रुटि कम हुन थालेको बताए । अन्य प्रतिस्पर्धी संघसंस्थाको तुलनामा कोषप्रति आकर्षण बड्दो क्रममा रहेको पनि राजस्व सचिवले बताए ।
कोष संचालक समितिका अध्यक्ष प्रा.डा. सूर्यबहादुर थापाले कोषले आफूलाई अझ सुदृढ बनाउँदै राष्ट्रिय आकांक्षा पुरा गर्नेतर्फ काम गरिरहेको बताए । उनले भोलिको दिनमा देशको आर्थिक बृद्धिदरमा टेवा पुर्याउने एवं रोजगारी सिर्जना गर्न कृषि, पर्यटन, उर्जा र पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा लगानीलाई विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए । कोष स्थापनाकाल देखि नै निरन्तर नाफामा संचालन भईरहनु, प्रत्येक बर्ष सहभागी सँस्था वुद्धि गर्न सफल हुनु । नयाँ तथा फरक बचत योजनाहरु सफलतापूर्वक संचालनमा ल्याउनु नै कोषको सफलता रहेको अध्यक्षले बताए । कोषलाई सधै सफलता लैजाने सन्दर्भमा संचालक समिति सदैव प्रतिवद्ध रहने छ कोष संचालक समितिका अध्यक्ष प्रा.डा. सूर्यबहादुर थापाले बताए ।
कोषका कार्यकारी निर्देशक रमण नेपालले आफूहरुले सरक्षित र प्रतिफलमुखी राष्ट्रिय गौरव र प्राथमिकताका परियोजना छान्नुपर्ने विषयलाई उच्च प्राथमिकता दिई आगामी दिनमा पूर्वाधार विकास क्षेत्रलाई प्राथमिकता दिई लगानी बढाउने प्रतिबद्धता ब्यक्त गरे।
चालु आर्थिक बर्षको पुस मसान्तसम्म कोषको खुद बचत परिचालन रकम दुई खर्ब छ अर्ब १९ करोड रुपियाँ रहेकोमा यो अवधिमा कोषले सो अवधिमा दुई खर्ब पाँच अर्ब ६९ करोड लगानी गरेको छ ।
कोषले आर्थिक बर्ष २०७६–७७ को वित्तीय विवरण स्वीकृत गर्दा सहभागीहरुलाई निजहरुको बचत रकममा नियमित प्रतिफलको अतिरिक्त एक प्रतिशत प्रतिफल प्रदान गरेकोमा आर्थिक बर्ष २०७७–७८ मा थप प्रतिफल वृद्धि गरी १।५० प्रतिशत प्रदान गरेको थियो ।
आगामी वर्षहरुमा पनि यस्तो थप प्रतिफललाई निरन्तरता दिइने रमण नेपालले बताए । उनले भने, ‘कोषमा सहभागी हुने सम्भावना भएका संघ संस्थाहरुलाई आवद्ध गर्न र ती संस्थाहरुको दीर्घकालिन दायित्वहरुलाई व्यवस्थापन गर्न गराउन सेवाग्राहीको नजिक पुग्ने उद्देश्यले काठमाडौं उपत्यका बाहिर बिराटनगर, पोखरा, बुटवल, अत्तरिया र सुर्खेतमा शाखा कार्यालय संचालन गरिसकिएको छ ।’आगामी वर्ष थप एउटा शाखा कार्यालय विस्तार गर्ने योजना पनि कार्यकारी निर्देशक नेपालले सुनाए । अबका थप शाखा कार्यालयहरु प्रदेह कार्यालयको रुपमा स्तर बुद्धि गरी संचालन गर्ने कोषको योजना छ ।
वि।सं। २०४८ माघ १ देखि कारोबार सुरु गरेको कोषका १२ वटा कार्यक्रममा हालसम्म करीब आठ लाखभन्दा बढी आवद्ध भइसकेका छन् । कोषको चुक्ता पुँजी शुरुमा २ करोड रहेकोमा हाल ४ अर्ब २५ करोड १० लाख रुपियाँ पुगिसकेको छ ।
कोषको भौतिक पूर्वाधार निर्माण, मानव संशाधनको विकास, नियम कानून सुधार र संशोधन भई कारोवार व्यवस्थित र सहज भएको दावी गर्दै कार्यकारी निर्देशकनेपालले आफूहरुले कोषको संगठनात्मक संरचनालाई अझ व्यवसायिक बनाउन निरन्तर प्रयास गरिरहेको बताए ।
कोषले स्वरोजगारमा रहेका तथा वैदेशिक रोजगारीमा रहेका विप्रेषण आप्रवाह गर्नेहरुलाई सहभागी गराउने उद्देश्यले नागरिक पेन्सन कार्यक्रम संचालनमा ल्याएको छ । कोषले आवास कर्जावापत सहभागीलाई निजको १५ वर्षको शुरु तलबमानको रकम वा ८० लाख रुपैँया मध्ये जुन कम हुन्छ, सो बराबरको रकम प्रदान गर्दै आईरहेको छ । कोषमा श्रीमान र श्रीमती दुवै सहभागी भएमा आवास कर्जा रु. १ करोड रुपैयाँसम्म सुविधा प्रवधान गर्ने व्यवस्था छ ।
सरल कर्जा, सहभागी सापटी तथा अन्य कोपले प्रभाह गर्ने सेवा सुविधाहरु विस्तार गरी निरन्तर रूपमा सेवा तथा सुविधा अभिवृद्धि गर्ने योजनाहरु समेत रहेको कोषले जनाएको छ ।
नागरिक लगानी कोष कर्मचरी युनियनका अध्यक्ष सुरेश चालिसे र नेपाल वित्तीय संस्था कर्मचराी संघका अध्यक्ष देवनारायण गुरागाईले कोषले गर्नुपर्ने बिषयमा व्यवस्थापनको ध्यानाकर्षण गराए । बाषिकोत्सव कार्यक्रममा २० बर्षे सेवा अवधि पूरा गरेका कर्मचारीलाई पदक र उत्कृष्ठ कर्मचारीलाई सम्मान पत्र प्रदान गरिएको थियो ।