ईकोनोमिक खबर, काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको फागुन २८ सम्म आइपीओ भर्नेको दोब्बर भन्दा बढि आवेदन परेको छ। कम्पनिले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको ३ दिनमा यति धेरै परेको हो।
कम्पनीको आइपियोमा ९३ करोड १७ लाख ६७ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार फागुन २८ गते, साँझसम्ममा ७ लाख ८२ हजार २९ जनाले ९३ लाख १७ हजार ६७० कित्ताका लागि आवेदन दिएका छन् । जुन माग भन्दा २.१९ गुणा बढी आवेदन हो।
कम्पनीले फागुन २६ गते देखि ३० गते सम्म छिटोमा र ढिलोमा चेत्र १० गते सम्म रहनेछ । कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत अर्थात् ८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गर्न छुट्याएको थियो । त्यसमध्ये १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ५ प्रतिशत अर्थात् २ लाख ४९ हजार ९३६ कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिसकेको छ । बाँकी रहेको ४२ लाख ४८ हजार ९८३ कित्ता शेयर फागुन २६ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । निष्कासन बन्द छिटोमा फागुन ३० गते हुनेछ भने ढिलोमा चैत १० गते हुनेछ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डकाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।