अमेरिकी डलरको भाउ घट्यो, आज कति छ विदेशी मुद्राको विनिमय दर


काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका  लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रूपियाँ ०२ पैसा र बिक्रीदर १३९ रूपियाँ ६२ पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज घटेको हो। युरोपियन युरो एकको खरिदर १४३ रूपियाँ ५२ पैसा र बिक्रीदर १४४ रूपियाँ १४ पैसा तोकिएको छ।

अघिल्लो दिनको तुलनामा यूरोको मूल्यमा वृद्धि भएको छ। यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२ रूपियाँ ६० पैसा र बिक्रीदर १७३ रूपियाँ ३५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५२ रूपियाँ ९५ पैसा र बिक्रीदर १५३ रूपियाँ ६१  पैसा कायम गरिएको छ। युके पाउन्ड स्ट्रलिङ र स्वीस फ्र्याङ्क दुवैको मूल्य बढेको केन्द्रीय बैंकले निर्धारण गरेको विनिमयदरमा उल्लेख छ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपियाँ ३२ पैसा र बिक्रीदर ८६ रूपियाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपियाँ ३६ पैसा र बिक्रीदर ९६ रूपियाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपियाँ ४९ पैसा र बिक्रीदर १०२ रूपियाँ ९३ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर आठ रूपियाँ ९६ पैसा र बिक्रीदर आठ रूपियाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपियाँ १७ पैसा र बिक्रीदर १९ रूपियाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपियाँ ०६ पैसा र बिक्रीदर ३७ रूपियाँ २२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपियाँ १३ पैसा र बिक्रीदर ३८ रूपियाँ ३० पैसा कायम भएको छ।