सिद्धार्थ  प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु


ईकोनोमिक खबर, काठमाण्डौं।

प्रिमियर ईन्स्योरेन्स कम्पनी (नेपाल) लि. र सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच आज विधिवत रुपमा मर्जर भई सिद्धार्थ  प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार सञ्चालनमा आएको छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद  सिलवालज्युले एक  समारोहका बिच एकिकृत कारोबार शुभारम्भ गरेका छन् । मर्जर पछि बनेको नयाँ कम्पनीका अध्यक्षमा सुरेश लाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा वीरेन्द्र बहादुर वैदवार क्षेत्री नियुक्त भएका छन् । 
दुबै बीमाकम्पनी(१ः१) समान शेयर अनुपातमा एक आपसमा मर्जर भए पश्चात् बन्ने श्री सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको चुक्तापूँजी २ अर्ब ८० करोड भन्दा बढी हुने छ भने बीमा कोषमा २ अर्ब ३४ करोड भन्दा बढी रहेको छ । यसैगरी कम्पनीको कुल सम्पति १० अर्ब २५ करोड छ भने बजार पूजीँकरण १८ अर्ब २३ करोड पुगेको छ । कम्पनीद्धारा जारी गरिएको बीमालेख संख्या ४,१७,१८२ रहेको छ । कम्पनीले १२५ शाखा सञ्जाल मार्फत सेवा प्रदान गर्नेछ ।