काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) १४ अंकले घटेको छ।
२७३३ बिन्दुबाट सुरु भएको बजार घट्दा परिसूचक २७१६ बिन्दुमा पुगेको हो।
मंगलबार ३१५ कम्पनीको १ करोड ६९ लाख १७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ९१ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ।
मंगलबार कारोबार भएकामध्ये ७१ कम्पनीको मूल्य बढ्यो । १७२ कम्पनीको मूल्य घट्दा ९ कम्पनीको मूल्य भने स्थिर रह्यो ।
मंगलबार नेप्सेका दुई बाहेक सबै उपसमूहको सूचक घटेको छ।
जलविद्युत् उपसमूहको सूचक ०.१५ र अन्य उपसमूहको ०.४३ प्रतिशतले बढेको छ।
मंगलबार जोशी हाइड्रोपावर, सामुदायिक लघुवित्त, मध्य भोटेकोशी जलविद्युत् लगायत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्।
त्यस्तै कर्पोरेट विकास बैंक, ग्रिन विकास बैंक, सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक लगायतका लगानीकर्ताले धेरै गुमाए।
यी सबै कम्पनीको मूल्यमा मंगलबार नकारात्मक सर्किट लागेको छ।