आजको तरकारी र फलफूलको दरभाउ


काठमाडौँ / फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज केही तरकारी र फलफूलको भाउ बढेको छ । आज सानो गोलभेडा (भारतीय)को औसत मूल्य प्रतिकेजी २७ रुपैयाँ ६७ पैसा, सानो गोलभेडा (तराई) २२ रुपैयाँ ३३ पैसा, सुकेको प्याज ६४ रुपैयाँ, लोकल गाजर, डल्लो भन्टा, सिमी र हाइब्रीड काक्रोको भाउ प्रतिकेजी ४५ रुपैयाँ कायम गरिएको छ ।

यसैगरी, मटरकोशा प्रतिकेजी ५० रुपैयाँ, करेला ११० रुपैयाँ, लौका ५५ रुपैयाँ, कन्य च्याउ ८० रुपैयाँ, डल्ले च्याउ ३८६ रुपैयाँ ६७ पैसा, फूजी स्याउ २८० रुपैयाँ, सुन्तला १२८ रुपैयाँ ३३ पैसा, लोक काक्रो १२० रुपैयाँ, बुलेट खुर्सानी ८५ रुपैयाँ र भेडे खुर्सानी ६५ रुपैयाँ निर्धारण गरिएको छ ।