आकस्मीक बिदामा बैंक खुल्ला गर्न राष्ट्र बैंकको निर्देशन 


ईकोनोमिक खबर, काठमाडौं। नेपाल राष्ट्र बैंकले सरकारले दिने आकस्मिक बिदामा कार्यालय बन्द नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै यस्तो निर्देशन जारी गरेको हो । 

सार्वजनिक विदा धेरै भएको भन्दै विशेषगरी व्यवसायीहरुले विरोध जनाउँदै आएको बेला राष्ट्र बैंकले आफूले जारी गरेको बैंक बिदाको सूचीबाहेक सरकारले दिने आकस्मिक बिदामा नगद कारोबार, चेक क्लियरेन्स, आरटीजीएसजस्ता अत्यावश्यक बैंकिङ सेवा नियमित गर्न भनेको हो । 

यस्तो बिदाको दिन बिहान १० बजेदेखि १ः३० बजेसम्म कार्यालय खुल्ला राखी सेवा दिनुपर्ने नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेकोछ ।