इकोनामिक खबर
धादिङ, स्थानिय संवाददाता। वित्तीय संस्थाहरुमा आइपर्ने सुरक्षा सम्बन्धी समस्या न्यूनीकरणका लागि प्रहरीले बैँकका प्रबन्धकहरुसँग अन्तक्र्रिया कार्यक्रम गरेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङले जिल्लामा सञ्चालित वित्तीय संस्थाहरुमा आइपर्न सक्ने सुरक्षा सम्बन्धी चुनौति न्यनीकरणका लागि वित्तीय संस्थका प्रवन्धहरुसँग अन्तक्र्रिया राखेको हो। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राज कुमार बैदवारले वित्तीय संस्थामा आइपर्न सक्ने चुनौतिका बारे सहजीकरण गर्नभएको थियो।
जिल्ला सदरमुकाम धादिङवेसी र सिद्धलेक गाउँपालिकामा रहेका विभिन्न सरकारी तथा प्राईभेट बैंकका प्रबन्धक तथा कर्मचारीहरु १६ जनाको सहभागितमा सञ्चालित उक्त कार्यक्रममा सुरक्षा चुनौतीहरु र तीनका समाधानका सम्बन्धमा बैंक स्वयम् तथा प्रहरीको भूमिका विषयमा छलफल भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिनुभएको छ।
बैँकका प्रवन्धकहरुले बजार क्षेत्रमा सिसी क्यामराको प्रयोगले निकै सहजता आएको र सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने सुरक्षा योजना बनाउन आग्रह गरेका थिए। प्रहरीले अन्य नगरपालिकामा सञ्चालित बैँकका प्रबन्धकहरुसँग पनि छलफल प्रक्रिया अगाडि बढाउने जानकारी दिएको छ।