ईकोनोमिक खबर, काठमाडौं। राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । १६ देखि १८ सम्म भएको सभाले के.बी. उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको छ ।
संचालक समिति सदस्यमा प्रदेश नम्बर १ बाट महेन्द्र कुमार गिरी, मधेश प्रदेशबाट विश्वनाथ मण्डल, बाग्मती प्रदेशबाट रामहरि बजगाईं, गण्डकी प्रदेशबाट रामबहादुर जि।सी।, कर्णाली प्रदेशबाट कालिबहादुर महतारा, लुम्बिनी प्रदेशबाट विजया धिताल र सुदूरपश्चिम प्रदेशबाट शिवा थापा निर्वाचित भएका छन् । त्यसैगरी खुल्ला सञ्चालक सदस्यमा केदार मानन्धर, माधवलाल देवकोटा, ध्रुवराज बिष्ट, मनोजकुमार थापामगर निर्वाचित भएका छन् । बैंकको महिला सञ्चालकहरुमा अमृता सुब्बा, तारा गुरुङ र पार्वती थापा निर्वाचित भएका हुन् ।
लेखा सुपरीवेक्षण समितिको संयोजकमा लक्ष्मी उप्रेती चयन भएका छन् त्यसतै सदस्यहरुमा केशवप्रसाद सापकोटा र चन्द्रकुमारी पराजुली निर्वाचित भएका हुन् । बैंकद्वारा आज आयोजित क्षेत्रगत साधारणसभाको निर्णय प्रमाणिकरण तथा सभा समापन समारोहमा नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव प्रसाद बडालको प्रमुख आतिथ्यतामा सभा समापन कार्यक्रम गरिएको हो । कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष दीपक प्रकाश बाँस्कोटा, सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डित लगायतको आतिथ्यता रहेको थियो ।