
ईकोनोमिक खबर, काठमाण्डौं ‘नेपालका देवीदेवताहरु’ विषयक कला प्रदर्शनीको उद्घाटन भारतीय राजदूत नवीन कुमार श्रीवास्तवले गर्नुभयो।
नेपाल कला परिषद्को ६०औँ वार्षिकोत्सव र नेपाल हस्तकला महासंघको ५०औँ वार्षिकोत्सवको अवसरमा यो कार्यक्रमको आयोजना गरिएको हो । मंसीर ११ गतेदेखि शुरु भएको यो कला प्रदर्शनी मंसीर २४ गतेसम्म नेपाल कला परिषद्, बबरमहलमा चल्नेछ।
भारतीय राजदूत श्री नवीन कुमार श्रीवास्तवले नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य, नेपाल कला परिषद्का अध्यक्ष सागर शमशेर जबरा, ललितपुर एवम् काठमाडौं महानगरपालिकाका उप–प्रमुखद्वय मञ्जली शाक्य तथा सुनीता डङ्गोलको उपस्थिति रहेको थियो।
भारतीय राजदूतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रले पनि यही मंसीर १२–१३ गतेसम्म “भारत र नेपालका देवी देवताहरुको प्रतिमाको अभिव्यक्ति” नामक दुई दिने ‘लेक्चर सिरिज’को आयोजना गर्दैछ ।