ईकोनोमिक खबर, काठमाडौं।
हिन्दु धर्मावलम्बी र बौद्ध धर्मावलम्बीले समेत करुणामयका रुपमा आराधना गर्ने रातो मच्छिन्द्रनाथ उपत्यकामा सबैभन्दा लामो समय चल्ने र प्राचिन जात्रामा परिचित एक साँस्कृतिक जात्राको रुपमा लिईन्छ। जात्रा वैशाख शुक्ल प्रतिपदादेखि शुरु भएर असार शुक्ल चौथीसम्म चल्ने गर्छ।
वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मच्छिन्द्रनाथ जात्राका लागि रथ निर्माणको काम धमाधम शुरु भएको छ । स्थानिय जात्रा समितिका र सहयोगी समुहले निर्माण गर्दछन।
रातो मछिन्द्रनाथको जात्रामा रथ निर्माण मूर्ति सिंगार्ने काम, पुजा ब्यवस्थापन लगायतका कार्यहरु नेवार समुदायको सिमित जातिको काममा पर्छ।
धार्मिक साथै साँस्कृतिक महत्वसमेत रहेको रातो मच्छिन्द्रनाथको जात्रामा प्रत्येक १२ वर्षमा बुङ्गमतिबाट शुरु हुन्छभने अन्य बर्षमा जात्रा पाटन बाट शुरु हुने गरेको छ ।