ईकोनोमिक खबर, काठमाण्डौं।
बिहीबार होमनेट नेपालको आयोजना तथा एक्सनएड नेपालको सहयोगमा दक्षिण एशियाली गृह श्रमिक दिवसका साथै संस्थाको स्थापना दिवस भव्यरुपमा मनाइएकाे छ ।
सन् २००० को अक्टोबर २० मा गृह श्रमिकहरुका सवालमा काठमाडाैं घोषणापत्र जारी भएको सम्झनामा यो दिवास मनाउँदै आएको छ।
आफ्नो घर वा आफूले रोजेको कुनै पनि स्थानलाई कार्यथलो बनाइ हातको सीपमा आधारित श्रम गरी बजारको माग वा अर्डर अनुसार स्वरोजगार भइ वा प्रति इकाई दरमा वस्तु तथा सेवा उत्पादन गरी आयआर्जन गर्ने श्रमिकलाई आइएलओ महासन्धि १७७ अनुसार गृह श्रमिक भनिन्छ ।
आधिकारिक तथ्यांक नभएता पनि विभिन्न अध्ययनहरुका अनुसार मुलुकभरमा कम्तिमा २२ लाख गृह श्रमिक भएको अनुमान गरिएको छ । जसमध्य करिब ७४ प्रतिशत महिला रहेको अनुमान गरिएको छ । ती अधिकांश गृह श्रमिकहरू मध्ये अधिकांशको प्रमुख सवालहरु खासगरी, उचित ज्याला, सुरक्षित कार्यथलो, मर्यादित काम, मात्रित्व सुरक्षा, शिशु स्याहार, सीप विकास, सिधा बजारमा पहुँच, वित्तीय श्रोतमा पहुँच, व्यवासायिक स्वास्थ्य र सुरक्ष्
बिहीबार होमनेट नेपालको आयोजना तथा एक्सनएड नेपालको सहयोगमा दक्षिण एशियाली गृह श्रमिक दिवसका साथै संस्थाको स्थापना दिवस भव्यरुपमा मनाइएकाे छ ।
सन् २००० को अक्टोबर २० मा गृह श्रमिकहरुका सवालमा काठमाडाैं घोषणापत्र जारी भएको सम्झनामा यो दिवास मनाउँदै आएको छ।
आफ्नो घर वा आफूले रोजेको कुनै पनि स्थानलाई कार्यथलो बनाइ हातको सीपमा आधारित श्रम गरी बजारको माग वा अर्डर अनुसार स्वरोजगार भइ वा प्रति इकाई दरमा वस्तु तथा सेवा उत्पादन गरी आयआर्जन गर्ने श्रमिकलाई आइएलओ महासन्धि १७७ अनुसार गृह श्रमिक भनिन्छ ।
आधिकारिक तथ्यांक नभएता पनि विभिन्न अध्ययनहरुका अनुसार मुलुकभरमा कम्तिमा २२ लाख गृह श्रमिक भएको अनुमान गरिएको छ । जसमध्य करिब ७४ प्रतिशत महिला रहेको अनुमान गरिएको छ । ती अधिकांश गृह श्रमिकहरू मध्ये अधिकांशको प्रमुख सवालहरु खासगरी, उचित ज्याला, सुरक्षित कार्यथलो, मर्यादित काम, मात्रित्व सुरक्षा, शिशु स्याहार, सीप विकास, सिधा बजारमा पहुँच, वित्तीय श्रोतमा पहुँच, व्यवासायिक स्वास्थ्य र सुरक्ष्या रहेका छन् ।
यसका साथै उनीहरुमा गृह श्रम र पारिश्रमिक बिनाको सेवामूलक कार्यबोझ बीचको सन्तुलन कायम गर्नमा पनि चुनौती बनेको कुरा कार्यक्रममा सहभाग्री महिला गृहश्रमिकद्वारा व्यक्त गरिएकाे छ ।
नेपाल सरकार, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा. श्री नारायण रेग्मीज्यूको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा राष्ट्रिय घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष्य सुर्य कंडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव रोशनीदेवी कार्की, श्रम, रोजगार तथा सामाजिक सुरक्ष्या मन्त्रालयका उपसचिव शारदा भण्डारी, नेपाल ट्रेड युनियन महासंघ जिफन्टसफ उपाध्यक्ष्य बिदुर कार्की, नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुँवर, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तुफका उपाध्यक्ष्य धन बहादुर बिश्वकर्मा, ओरेक नेपालका कार्यकारी निर्देशक लुभ राज न्यौपाने, राष्ट्रिय महिला अधिकार मंचका अध्यक्ष्य सरिता घिमिरे लगायत विभिन्न युनियनहरु, गृह श्रमिकहरुका सदस्यतामा आधारित संस्थाका प्रतिनिधिहरु, संस्थाका पदाधिकारीहरु तथा स्वयमसेवकहरुको उपस्थिति रहेको थियो ।
समारोहमा बोल्दै, प्रमुख अतिथि डा रेग्मीले आइएलओ महासन्धि १७७ को अनुमोदन र गृह श्रम नीति जारी गरी कार्यान्वयनमा ल्याउन मन्त्रालयले सक्दो भूमिका खेल्ने र उनीहरुका विभिन्न सवाल र चासोहरूका बारेमा सम्बन्धित मन्त्रालय, निजी क्षेत्र र सरोकारवाला सबैसंग मिलेर काम गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।
त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव रोशनीदेवी कार्कीले गृह श्रमिक महिला लगाएत विपन्न परिवारको महिलाहरुको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच वृद्धिमा र महिला,
बालबालिका माथि हुने यौनजन्य हिंसा अन्त्यका सम्बन्धमा मन्त्रालयले होमनेट नेपालसंग काम गरिरहेको कुरा उल्लेख गर्नुभयो ।
सोहि बमोजिम, श्रम रोजगार तथा सामाजिक सुरक्ष्या मन्त्रालयका उपसचिव शारदा भण्डारीले महासन्धि १७७ को अनुमोदन, गृहश्रम नीति लगायत गृह श्रमिकहरुका प्रमुख सवाल र आवश्यकता पुरा गर्नमा मन्त्रालयले निजीक्षेत्र, श्रम संगठनहरु र गैससहरुसंग मिलेर आगामी दिनमा काम गर्ने प्रतिबद्दता जनाउनु भयो ।
सो कार्यक्रममा अखिल नेपाल ट्रेड उनियन महासंघका उपाध्यक्ष्य धन बहादुर बिश्वकर्मा आगामी दिनमा नेपाल सरकार, रोजगारदाता, श्रम संगठनहरु र होमनेट नेपाल जस्ता गैससहरुसंग मिलेर काम गर्ने प्रतिबद्धताका साथै शुभकामा पनि ब्यक्त गर्नु भयो ।
त्यसै गरी जिफन्टका उपाध्यक्ष्य श्री बिदुर कार्कीले संस्थाको स्थापना दिवसको साथसाथै गृह श्रमिक दिवसको अवसरमा शुभकामना दिंदै महासन्धि १७७ को अनुमोदन र गृह श्रमिक नीतिका सम्बन्धमा सबै सरोकार पक्ष्य मिलेर काम गर्ने बताउनु भयो । सोही बमोजिम नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुँवरले गृह श्रमिकहरु अनौपचारिक भित्रका पनि अनौपचारिक भएको र उनीहरुको सवाल, चासो र समस्याहरु अरु बाँकी श्रमिकहरुको भन्दा फरक भएको आफूले पाएकोले यस बिषयमा सरकार, निजीक्षत्र, श्रम संगठन र नागरिक समाजले मिलेर काम गर्ने बताउनु भयो ।
सो कार्यक्रममा राष्ट्रिय घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष्य सुर्य कंडेलले जबसम्म गृह श्रमिक महिलाहरुलाई आर्थिक श्रोतमा पहुँच वृद्धि गरिदैन तबसम्म उनीहरुमाथि हिँसा भइरहने भएकोले महासंघले अहिले गृह श्रमिकहरुद्वारा उत्पादित सामानहरुको बजारीकरणको लागि होमनेट नेपालसंग कामगर्न थालेको बताउनु भयो ।
सो कार्यक्रममा ओरेकका कार्यकारी निर्देशक लुभ राज न्यौपानेले ओरेक र होमनेट नेपालले कतिपय सवालहरुमा संगै काम गरिरहेको सन्दर्भमा गृह श्रमिकको सवालमा पनि आगामी दिनमा नजीक रहेर काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।
रहेका छन् ।