
ईकोनोमिक खबर, काठमाण्डौं।मूल्याङ्कनकर्ताहरूको समुदाय CoE-Nepal र दक्षिण एशिया(CoE-SA)ले पाँचौं मूल्याङ्कन सम्मेलन २०२२ “इक्विटी र ट्रान्सफर्मेशनः चुनौतीपूर्ण समयमा मूल्याङ्कन” आयोजना गर्दैछ। कार्यक्रम १२ देखि १४ अक्टोबर, २०२२ सम्म बंगलादेश, भुटान, भारत, नेपाल र श्रीलंकालगायत पाँच दक्षिण एसियाली देशहरूमा एकैसाथ हाइब्रिड मोड (भर्चुअल र इनःपर्सन) मा आयोजना हुँदैछ।
CoE-Nepalले नेपालको राष्ट्रिय योजना आयोगसँगको समन्वयमा १३ अक्टोबर २०२२(२७ असोज २०७९ वि.स.), होटल हायात प्यालेस, सोल्टीमोड, काठमाडौंमा आयोजना गर्दैछ। नेपाल देशले यस कार्यक्रमलाई संचालन गर्दैछ।
यो CoE-SA’sको क्षेत्रीय मूल्याङ्कन कन्क्लेभ कार्यक्रमको एक भागको रूपमा कार्यान्वयन गरिएको देश स्तरीय कार्यक्रम हो। मूल्याङ्कन सम्मेलन विश्वव्यापी रूपमा दुई वर्षको अन्तरालमा आयोजना गरिन्छ। मूल्याङ्कन कन्क्लेभ कार्यक्रमको लक्ष्य भनेको निरन्तर सिकाइ र साझेदारी प्रक्रिया मार्फत प्रभावकारी मूल्याङ्कनका लागि सक्षम वातावरण निर्माण गर्नु हो। कार्यक्रमको उद्देश्य मूल्याङ्कनको महत्त्वबारे व्यापक जनचेतना अभिवृद्धि गर्नु र गुणस्तरीय विकास प्रक्रियाको नेतृत्व गर्न गुणस्तर मूल्याङ्कनलाई प्रवद्र्धन गर्नु हो।
यसअघि भारतको दिल्ली (२०१०)मा आयोजना गरिएपछि नेपालमा सन् २०१३ र २०१५ मा यस्ता ग्लोबल इभ्यालुएसन कन्क्लेभहरू आयोजना गरिएको थियो। अर्को मूल्याङ्कन कन्क्लेभ २०१७ मा भुटानमा आयोजना गरिएको थियो। ती विश्वव्यापी मूल्याङ्कन सम्मेलनहरूले विश्वभरका र विश्वका प्रमुख विश्वविद्यालयहरू लगायत सबै सरोकारवालाहरूबाट ३०० भन्दा बढी सहभागीहरूलाई समावेश हुनेछ।
कोभिड–१९ का कारण उत्पन्न भएको बहुआयामिक सङ्कटको अवस्थालाई मध्यनजर गर्दै यस वर्ष इच्छुक सहभागीहरू सहभागी हुन सकून भन्ने उद्देश्यले यसलाई क्षेत्रीय रूपमा हाइब्रिड मोडमा आयोजना गरिएको हो ।