ईकोनोमिक खबर, काठमाडौं।
के.एल.दुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रा.लिले दशैं–तिहारको अवसरमा Skyworth होम अप्लायन्समा “Skyworth क्यासब्याक दनादन उपहार टनाटन” सार्वजनिक गरेको छ।
यो योजना अन्तर्गत ग्राहकहरुले Skyworth होम अप्लायन्सको खरिदमा ३५% सम्मको क्यासब्याकको साथै अन्य धेरै निःशुल्क उपहारहरु प्राप्त गर्न सक्नेछन् । विगत ५ वर्षदेखि Skyworth ले नेपाली बजारमा निकै लोकप्रियता कमाईरहेको छ र देशभरका उपभोक्ताहरुको शीर्ष रोजाई बन्दै आइरहेको छ । Skyworth होम अप्लायन्स विगत एक दशक देखि विश्वभरका उपभोक्ताहरुको दिगो, विश्वासिलो र भरपर्दो उत्पादन बनेको छ।
Skyworth ले नेपालीबजारमा घरेलु उपकरणहरु उपलब्ध गराउदै आइरहेको छ । ग्राहकहरुले यो ब्राण्ड मार्फत नयाँ अनुभव बटुल्ने अवसर पाउनुका साथै यो चाडपर्वलाई अझै विशेष बनाउन सक्नेछन् भन्ने Skyworthको विश्वास रहेको छ।