ईकोनोमिक खबर, काठमाडौं।
अबको नाडा अटो शोमा इभि एक्सपो २०२२ यहि असोज ६ गतेबाट शरु हुने भएको छ।
सरकारले आयातित पेट्रोलियम गाडीहरुको खुला नगरेपछि रोकिएको अटो बजारलाई चलायमान बनाउन नाडाको नौलो रणनितिको रुपमा लिएको छ।
नविनतम प्रविधियुक्त विद्युतीय गाडीहरुलाई लक्षित गरेर यहि असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा नेपालमै पहिलो पटक नाडा इभि एक्सपो २०२२को आयोजना गरिने भएको हो ।
इभि एक्सपोका लागि बुधबारबाट भदौं ५ गते सम्मका लागि स्टल बुकिङसमेत खुला गरिएको पनि जानकारी दिएका छन ।