ईकोनोमिक खबर, काठमाडौँ।
आज विश्व दूध दिवस, ‘दीर्घ जीवन, गुणस्तरीय दूध तथा दुग्ध पदार्थको सेवन’ भन्ने नाराका साथ दुग्ध विकास बोर्डद्धारा आयोजित विशेष कार्यक्रम भयोे ।
आजको कार्यक्रममा प्रमुख अतिथिमा कृषि विकास मन्त्रालयका सहसचिव तथा प्रवत्ता उत्तम संजेल, पशुसेवा विकासका उपमहानिर्देशक लेखराज दाहाल, बोर्ड कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादव लगायत दूध ब्यवसायी संघका प्रतिनिधिका उपस्थिति रहेको थियो।
पशु सेवा विभागको हलमा आयोजित कार्यक्रममा विश्व दूध दिवस मनाउनुको उद्देश्य दैनिक गुणस्तरीय दूध पिउन जनचेतना जगाउन, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचार प्रसार गर्न, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न जनचेतना जगाउन र दूध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहुँच पु-याउन पहल गर्न रहेको पनि राष्ट्रिय दूग्ध विकास बोर्डका निर्देशक यादवले बताएका छन।
विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पु¥आएको योगदानको मनन गर्दै दूध माथिको पहुँच बढाउन खाद्य तथा कृषि सङ्गठनले जुन १, २००१ बाट विश्व दूध दिवस मनाउन सुरु गरेको हो । नेपालमा पनि जनतालाई दूधको उपभोगमा वृद्धि गर्न चेतना फैलाउने उद्देश्यले सन् २०११ बाट विश्व दूध दिवस मनाउन सुरु गरिएको हो ।